logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

कबा प्रतिभा चयन


  • जन आकाश
  • आइतबार, असार ३ २०८१

काठमाडौं । कपन बानेश्वर साहित्यिक साप्ताहिकले प्रदान गर्ने सम्मान तथा पुरस्कारको लागि असार २ गते आइतबार प्रतिभा चयन गरेको छ ।



यो वर्ष साहित्य सेवीहरु वसन्त रिजाल ,गणेश मिश्र र रुपान्जली चालिसे कबा विशिष्ट सम्मानबाट सम्मानित हुनुहुदैछ भने साहित्यिक पत्रकार जयराम बिडारी महेन्द्र चालिसे कबा साहित्यिक पत्रकारिता पुरस्कार २०८० बाट पुरस्कृत हुनुहुने भएको छ ।

यसरीनै २०८० को रचनाहरु मध्ये नालाङ्ग कबा रचना पुरस्कार (पुरुष ) डा. छायादत्त न्यौपाने ,पुष्कर प्रसाद श्यामा खरेल स्मृति कबा रचना पुरस्कार (महिला ) गङ्गा आचार्य सापकोटा ,गङ्गा लिगल कबा रचना पुरस्कार (मोफसल ) राम आचार्य पुष्पप्रेमी झापा,भमरकोटे कबा सुसेली पुरस्कार सुशील आचार्य र हेमगङ्गा कबा रचना पुरस्कार (बाल ) बाल विकास बोर्डिङ हाइ स्कुल बुढानिलकण्ठ (कक्षा १०) कि अनिता तामाङलाई अर्पण गरिने भएको छ ।

कबाको प्रबन्धक साहित्यकार गङ्गा पौडेल संयोजक र साहित्यकारहरु दुर्गा अधिकारी भमरकोटे, गङ्गा खड्का सदस्य रहेको प्रतिभा चयन समितिको सिफारिसमा नामावली सार्वजनिक गरिएको हो ।

साउन ४ गते शुक्रबार २.३० मा साहित्य सदन रामहिटीमा कबाको बाह्रौं वार्षिकोत्सबको अवसरमा हुने कार्यक्रममा सो सम्मान तथा पुरस्कार अर्पण गरिने पत्रिकाका व्यवस्थापक विमल कोइरालाले बताए ।

सोही कार्यक्रममा कबा साहित्यकार उपचार कोषको घोषणा गरिने कोषका कोषाध्यक्ष साहित्यकार त्रिलोचन आचार्यले जानकारी दिनुभयो । निबन्ध आचार्यको प्रकाशन र सम्पादनमा २०६९ सालदेखि निरन्तर प्रकाशित कपन बानेश्वरलाई नेपालको पहिलो र एक मात्र साहित्यिक साप्ताहिक पत्रिकाको रुपमा लिने गरिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend