logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

बन्दीपुर केबलकारको उद्धार अभ्यास सम्पन्न


  • जन आकाश
  • शुक्रबार, असार ८ २०८१

काठमाडौं । तनहुँ जिल्ला स्थित बन्दीपुरहिल अन्तर्गतको बन्दीपुर केबलकारले यात्रीहरूको आकस्मिक उद्धारको लागि यात्री उद्धार अभ्यास कार्यक्रम आयोजना गरी सफलता पूर्वक सम्पन्न गरेको छ।



सो उद्धार अभ्यास कार्यक्रममा अन्तर्राष्ट्रिय ख्याति प्राप्त कम्पनी उद्योगी प्लास्टिक इन्टरनेशनल प्रा.लि. साथै तनहुँ स्थित नेपाली सेना, सशस्त्र प्रहरी बल, जनपद प्रहरी र कम्पनीको आकस्मिक उद्धार दल सहित ८७ जनाको सहभागिता रहेको थियो।

भविष्यमा घट्न सक्ने कुनै पनि कठिन भन्दा कठिन घटना वा आपतकालिन समयमा यात्री एवं पर्यटकहरूले कुनै प्रकारको सास्ती अनुभव गर्न नपरोस् भन्ने मनसायले कम्पनीले यस प्रकारको अन्तर्राष्ट्रिय उद्धार प्रदर्शनी आयोजना गरेको दाबी गरेको छ।

बन्दीपुर केबलकार नै यस्तो कम्पनी हो जसले आकस्मिक उद्धारको लागि केबलकारको सिस्टममा नै अतिरिक्त मोटर एवं इन्जिन र सुरक्षा सम्बन्धी उपकरणहरू जडान गरेर यात्री तथा पर्यटकहरूको सुरक्षालाई प्राथमिकता दिएको छ।

पर्यटकको सुरक्षालाई मध्यनजर गर्दै कम्पनीले यसअघि नै अन्तर्राष्ट्रिय गुणस्तर एवं सुरक्षण ग्यारेन्टी प्रमाणपत्र टि.यु.भी समेत प्राप्त गरिसकेको छ।

गत जेष्ठ ३१ गतेदेखि व्यावसायिक सञ्चालन सुरु गरेको केबलकारमा पर्यटकहरूको राम्रो र सकारात्मक आकर्षण बढेको देखिँदै गर्दा उद्धार अभ्यासका लागि बुधवारका दिन केबलकार सेवा बन्द गरिएको कार्यकारी निर्देशक शिवप्रसाद शर्माले बताए ।

भने बिहीवार बिहान पनि अन्तिम अभ्यास गरेर १० बजेदेखि नियमित केबलकार सेवा सञ्चालन हुने महाप्रबन्धक रोमन मान श्रेष्ठले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend