logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

फेरी नेपालमा अर्को कम्युनिष्ट नामको संगठन करायो


  • जन आकाश
  • शनिबार, असार ९ २०८१

काठमाडौ । नेपालमा डोके, नाङले,फुङले, चादे, ओखले, जस्ता लाग्ने आफुलाई कम्युनिष्ट भन्न रुचाउने संगठनहरु दर्जनौ भएको त सवैलाई थाहा नै छ । त्यस्तै पछिल्लो समय यहि मितिः २०८१ साल असार ६ गते फेरी अर्को (नेपाल कम्युनिष्ट पार्टी विद्रोही) नामक संगठनले विज्ञप्ति जारी गरेर तीनवटा कम्युष्टि पार्टी एक भएर उक्त (नेपाल कम्युष्टि पार्टी विद्रोही) भएको जानकारी दिएको छ । उक्त (नेपाल कम्युष्टि पार्टी विद्रोही)ले बिभिन्न सञ्चार माध्यमहरुलाइ इमेल मार्फत विज्ञप्ति पठाएर आफुहरु एकभई (नेपाल कम्युनिष्ट पार्टी विद्रही) भएको जानकारी दिएको हो । त्यस विज्ञप्तिमा लेखिएको छ । विज्ञप्ति जस्ताको जस्तै ।



“विगत लामो समय देखि हामी तीन क्रान्तिकारी विद्रोही पार्टीहरु मोर्चावद्ध भई काम गरीरहेको पृष्ठभुमि र केही समय पहिल्यै देखि कार्यनीति र कार्यदिशा पनि एउटै भई कार्यगत एकता गरी अघि बढिरहेको सन्र्दभमा दलाल, भ्रष्ट, एकल पुजिवादी संसदिय व्यवस्थाको अन्त्य गरी जनवादी व्यवस्था स्थापना गर्न संयुक्त जनविद्रोहको कार्य दिशाबाट अघि बढ्न आवश्यक भएकोले आज क्रान्तिकारी, विद्रोही पार्टीहरु एकतावद्ध हुनु पर्ने ऐतिहासिक आवश्यक्तालाई बोध गर्दै पार्टी एकता भएको घोषणा गर्दछौं ।

१. बामपन्थि, क्रान्तिकारी, विद्रोही पार्टी र नेतृत्वहरु एक भएर जानु पर्ने ऐतिहासिक आवश्यक्ता बोध गरी एकिकृत पार्टीको नाम “नेपाल कम्युनिस्ट पार्टी (विद्रोही)” राख्ने सहमती भएको छ ।
२. मिति २०८१ असोज महिना भित्र राष्ट्रिय सम्मेलन गरी पार्टीको नीति र नेतृत्व सार्वजनिक गर्ने सहमती भएको छ ।
३. पार्टीले पथप्रर्दशक सिद्धान्तको रुपमा मार्क्सवाद, लेनिनवाद, माओवाद र सिवाद लाई मान्ने तथा संयुक्त जनविद्रोहको कार्यदिशामा अघि बढ्ने सहमती भएको छ ।

क. आदेश
महासचिव

क. अभय
सर्वोच्च कमान्डर
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी) नेपाल कम्युनिस्ट पार्टी (माओवादी)

क. प्रतिवाद
प्रवक्ता
नेपाल कम्युनिस्ट पार्टी (सिवादी) ”

 

नेपालमा यस्ता कम्युनिष्ट नामका पार्टी किन खोलिन्छन् र यस्ता कम्युनिष्ट पार्टीहरुले के उपलब्धि गर्छन् । त्यो समिक्षाको बिषय भएको छ । नेपालका कम्युनिष्ट भनिएको २००६ सालमा भारतमा खोलिएको पार्टीको जगमा टेकेर नेपालमा यतिवेला कम्युनिष्ट नामकै पार्टीको समर्थनमा कम्युनिष्ट नामकै पार्टीको नेतृत्वमा सरकार छ । तर नेपालको एउटा पनि राष्ट्रिय उद्योग छैनन् । आफुले त खोलेनन् तर कम्युनिष्टकै भाषामा जाहानिया तानाशाह भनेर गाली गरिएको राणकालीन समयमा खोलिएका उद्योग, ब्यापार सक्न नेपालमा यस्ता उप्रदो मच्चाउने कम्युनिष्ट पार्टीहरु खोलिदिएर अन्तै कतैवाट नेपालको अस्तित्व समाप्त गर्ने खेलमा ७ दशकदेखि कुनै ठूलै शक्ति लागेका छन भन्ने देखिन्छ ।

किनकि तिनै कम्युनिष्ट नामका जनवर्गीय संगठनहरुले अर्थात उद्योग कलकारखान सक्न तिनै कम्युनिष्ट पार्टीका नेताहरुले उद्योग कलकारखानामा तालाबन्दी, बन्द, हडताल, धर्ना, जुलुस गरेर उत्पादन गर्ने उद्योगहरुमा अवरोध सृजना गरी लाखौ लाख रोजगारी दिईरहेका उद्योगहरु बन्द गराएर आज लाखौ लाख युवाहरुलाई बैदेशिक रोजगारमा जान बाध्य बनाएकाछन् । यस विषयमा समिक्षा हुनुपर्छ । त्यस्तै अराजक सृर्जना गर्ने गरी यो नेपाल कम्युनिष्ट पार्टी विद्रोही नाम दिएको पार्टीले यस्तो काम नगरोस् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend