logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

कविता


  • जन आकाश
  • सोमबार, असार ११ २०८१

नविन न्यौपाने



लुगा अन्नपात काट्ने मुसालाई बिरालो
देश काट्ने मुसाको होडबाजी पालैपालो
सर्बोच्चको जेबालोले पनि घुस खायो की
डुहुरे गयो खैरेको अब पालो आयो कि

सहरमा मूसा गाउँ गाउँमा बिगबिगी चल्यो
एयरपोर्टको मुसाले सय किलो सुन छल्यो
सदनको मूसा भुँडी भरी बाकी प्रदेश पठाए
पुगेन गाउँ सम्म त्यो अन्न सबै बीचमै पचाए

संविधानको किताब भित्र पनि मुसै पसेछ
काट्दै काट्दै दफा बिशाल दरबार बसेछ
पूर्व उत्तिकै पश्चिममा उस्तै प्रकोप देखिन्छ
मुसाको बैँक कुन रहेछ भुँडी खुब देखिन्छ

लुकेर कछुवा कबजमा गर्छन् हिराको खेती
धूलोभै ढुकुटी विकास गाउँमा भएन एकरत्ति
मुसैछन् भरीसदन भित्र मूसैछन् जिल्ला वडा
राज छ मुसाको याहाँ थुन्न पाईदैन पिजडा

योजना अलपत्र काटी राखी सबै सम्पति
छिर्दैनन् पिजडा भित्र पुग्दैन खाए कत्ति
कसैले पारेर खोक्रो झै जमिनै बेची दिए
कत्तिछन् गाउँमै छल्ने भन्सारमै मूसा थिए

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend