जन आकाश
काठमाडौं । हरेक महिनाको दोस्रो शनिबार बिहान फरकफरक स्थानमा कवि गोष्ठी गर्दै आएको घुम्ती कवि गोष्ठी नेपालले आफ्नो पहिलो साधारण सभाको अवसरमा दुई जना काव्य विधामा चर्चित व्यक्तित्वलाई घुम्ती काव्य पुरस्कार २०८१ अर्पण गर्ने भएको छ ।
सस्थाका अध्यक्ष माधवलाल श्रेष्ठको अध्यक्षतामा असार ३ गते बसेको कार्यसमिति बैठकले सीता भट्टराईलाई घुम्ती-नालाङ्ग काव्य पुरस्कार २०८१ र डा विप्लव ढकाललाई घुम्ती – रमा-बद्री काव्य पुरस्कार २०८१ अर्पण गर्ने निर्णय गरेको हो । वरिष्ठ साहित्यकार वेदमणि घिमिरे संयोजक तथा घुम्ती कवि गोष्ठीका उपाध्यक्ष वरिष्ठ कवि त्रिलोचन आचार्य र साहित्यिक पत्रकार निबन्ध आचार्य सदस्य रहेको प्रतिभा चयन समितिले सिफारिस गरेको नामलाई बैठकले सर्वसम्मत रुपमा अनुमोदन गरिएको थियो ।

दुबै पुरस्कार आगामी साउन १२ गते शनिबार हुने साधारण सभामा अर्पण गरिने घुम्ती कवि गोष्ठी नेपालका महासचिव कवि रामकुमार पण्डित क्षेत्रीले जानकारी दिनुभयो । सो दिन सस्थाका छ दर्जन आजीवन सदस्यहरुलाई आजीवन सदस्यता प्रदान गरिनुको साथै १४१ औं घुम्ती कवि गोष्ठी समेत हुने पुर्व अध्यक्ष रामचन्द्र दाहालले बताउनु भयो ।
घुम्ती-नालाङ्ग काव्य पुरस्कार माधवलाल श्रेष्ठ र घुम्ती – रमा-बद्री पुरस्कार विमल अर्यालले सस्थामा जनही एक लाख पच्चीस हजारको अक्षयकोष राखी स्थापना गर्नुभएको हो ।बिगत १२ वर्षदेखि निरन्तर रुपमा घुम्ती कवि गोष्ठी संचालन हुदै आएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend