जन आकाश
जयराम बिडारी ।
काठमाडौं । घुम्ती कविगोष्ठीको नियमित १३९ शृङ्खला जोरपाटी नयाँबस्ती स्थित साहित्यकार वसन्त रिजालको आयोजनामा उहाँकै निवासमा सम्पन्न गरिएको छ ।
वसन्त रिजालको सभापतित्वमा वरिष्ठ साहित्यकार तथा सुरभि साहित्य समाजका अध्यक्ष बाजुराम पौडेलको प्रमुख आतिथ्यमा गोविन्द घिमिरे ‘वेदमणि’ को समालोचकीय भूमिकामा विशिष्ट अतिथि, शीतल गिरी, उपन्यास समाज नेपालका अध्यक्ष शङ्कर भारती, भारद्वाज मित्र, त्रिलोचन आचार्य, लगायतका अतिथिहरूको आतिथ्यतामा उक्त कार्यक्रम सपन्न गरिएको थियो ।
उक्त अवसरमा ६१ जना साहित्यकारहरुको सहभागिता रहेको सोही कार्यक्रममा ४९ जना कविहरूले आ-आफ्ना कविता,गीत, मुक्तक ,गजल रचना प्रस्तुत गरेका थिए । आ-आफ्ना क्षेत्रमा विशिष्टता हासिल गरेका मनग्य व्यक्तित्वहरूको सहभागिता रहेको सो कार्यक्रम विशेष रुपमा सम्पन्न भएको थियो ।

घुम्ती कविगोष्ठीका अध्यक्ष समेत रहेका साहित्यकार माधवलाल श्रेष्ठले आयोजक वसन्त रिजाललाई जन्मदिनको अवसरमा शुभकामना दिँदै घुम्ती कवि गोष्ठीको आगामी साधारण सभाका बारेमा प्रकाश पार्दै ३ मुक्तक वाचन गरेका थिए । यसैगरी घनश्याम प्रसाईले लोकलयमा आधारित अव जुट्नुपर्छु कविता शार्दूल विक्रीडित छन्दमा रञ्जु खनाल-भानुभक्तु कविता र त्रिलोचन आचार्यले उपजाति छन्दमा कविता फुरेनु शीर्षकीय कविता वाचन गरेका थिए ।
‘युवाको आज खाँचो छ’ भन्दै विधाता छन्दमा खोलाघरे साहिंलो अनि गोविन्द नेपालले ‘जिन्दगी क्यालेन्डर’ कविता,निरञ्जनप्रसाद दङ्गालद्वारा वसन्त रिजाललाई जन्म दिनको शुभकामना र मन्तव्यसहित गद्यकविता , रत्न उप्रेती पुष्पलालको स्मृतिमा रचित गीत ‘यौटा माली बगैंचामा फूल रोप्दै थियो’ गाएका थिए भने ‘प्रिय कविजी शीर्षकीय कविता भाद्वाज मित्रले सुनाए । प्रोल्लास सिन्धुलीय ‘आफ्नै बासँग’ डिल्लीराज अर्यालले भुजङ्गप्रयात छन्दमाा ‘क्रान्तिको बिगुल फुक्दै थिए ।
सीताराम पोख्रेल वसन्तलाई शुभकामना कविता सुनाएर रौनकता भरेका थिए । उक्त अवसरमा दुई मुक्तक पवनकुमार बुढाथोकीले बुद्धिसागर पौड्यालद्वारा जन्मदिनको शुभकामना कविता सुनाए । नवराज पुडासैनी ज्योत्सनाले मुक्तक सुनाए भने श्रीमतीलाई समर्पण गरिएको कविता ‘श्रीमती’ गङ्गाप्रसाद भेटवालले प्रस्तुत गरे ।
सो अवसरमा बि पी इलामेले ४ मुक्तक, डिल्लीरमण सुवेदीद्वारा वसन्त रिजाललाई शुभकामना,परशुराम पराशर तीन मुक्तकहरू शारदा पराजुली तीन मुक्तकहरू राजन पुडासैनी ‘मनका कुरा’ शीर्षकीय कविता वाचन गरेका थिए ।
यसैगरि विनोद दाहाल ‘’वत्स’’ द्वारा ‘हाम्रो कर्तव्य’ बालकविता प्रस्तुत गरेका थिए । सोही कार्यक्रममा रामबहादुर पहाडीको रचनामा हालसालै रेकर्ड गरिएको गीत ‘मान तिमिले नमान तिमिले’ भन्दै भन्दै एन बि जनकपुरीले गीत प्रस्तुत गरे ।सो अवसरमा कपन बानेश्वरका साहित्यिक साप्ताहिकका सम्पादक निबन्ध आचार्यद्वारा कबाका विशिष्ट सदस्य हुन चाहनेहरुका लागि सूचनात्मक जानकारी गराउँदै आगामी साउन चार गते सम्पन्न गरिने कबाको वार्षिकोत्सवका अवसरमा सम्मानित गरिने प्रतिभाहरुका बारे जानकारी दिंदै चार सूचना सम्प्रेषण गरिएको थियो । यसैगरि रामचन्द्र दाहालले ‘कविताको बदनाम’ कविता, विमल अर्यालले ‘आशय’ गद्यकविता प्रस्तुत गरेका थिए ।
सोही कार्यक्रममा बालप्रतिभाहरू अदिती सापकोटा तथा आद्रिका सापकोटाले वाद्यवादनसहित गीत,भजन तथा ‘आँखैमा राख्छु मेरो देश’ स्देशगान प्रस्तुत गरेका थिए । सोही अवसरमा समालोचकीय भूमिकामा रहेका गोविन्द घिमिरे ‘वेदमणी’ ले प्रोत्साहन स्वरुप नगद पुरस्कार प्रदान गरेर बाल प्रतिभालाई प्रोत्साहित गरेका थिए ।
तवलावादक राम विनोद सापकोटाद्वारा शुभकामना भजन प्रस्तुत गरेका थिए । यसैगरि जनक केसी द्वारा ‘जति चोट दिन्छौ देउ मायालु गीत प्रस्तुत गर्ने क्रममा बालप्रतिभाद्वारा संगीत समायोजन गरी वातावरणलाई रमाइलो बनाएका थिए । शिखरिणी छन्दमा महेन्द्र खनालले ‘शिशिर ऋतु’ कविता वाचन गरेका थिए । प्रकाश कुइँकेलले विविध भावका ५ वटा चोटीला मुक्तकहरु प्रस्तुत गरी रौनकता प्रदान गरेका थिए भने धन्वन्तरि मिश्र ‘कात्यायन’ ले सूत्र कविता वाचन गरेर सवैलाइ मन्त्रमुग्ध बनाएका थिए ।
उक्त कार्यक्रममा रिजालका बालसखा कवि तथा पूर्व राजदुत रमेश खनालले वसन्त साहित्य र समाजका लागि उदाहरणीय ब्यक्तित्व रहेको बताउँदै जर्मनी कविको नेपालीमा अनुवाद गरिएको कविता अनि ‘तस्बिर नटाँगिएको भित्ता’ गरी दुई गद्यकविता वाचन गरेका थिए भने उद्धव रायमाझीले वसन्त रिजाललाई कलम उपहारका रुपमा दिएर शुभकामना ब्यक्त गरेका थिए ।
‘ओई. सुन्दैनस्’ भन्दै कवि आलोक चालिसेले गद्यकविता सुनाए । सरिता घिमिरे ‘भाग्यमानी म’ रुबी सत्याल- झिल्कोू कविता, जयराम बिडारीले ३ वटा मुक्तकहरू तथा नन्दीश अधिकारी ‘दिङ्लाली कवि’ ‘ती को थिए’रु शीर्षकीय गद्यकविता सुनाएका थिए । कविता दाहाल ‘आफूलाई हराएँ’ गद्यकविता प्रतीक घिमिरे -४ वटा चोटीलो मुक्तकहरू प्रस्तुत गरेका थिए । रामचन्द्र दाहालद्वारा ‘कविताको बदनाम’ वाचन गरे ।
विमल अर्यालद्वारा ‘आशय’ शीर्षकीय कविता वाचन गरिएको थियो । ६२ वर्षको भइसकेका छोरा अहिले सम्म पनि स्कूल गएर फर्किंदै छ कि भन्ने भावानुभूति रहने गरेको वात्सल्यता प्रकट गर्दै कार्यक्रममा वसन्त रिजाललाई बुबाद्वारा शुभकामना ब्यक्त गरिंदा वातावरण भावुक भएको थियो । कार्यक्रमको सहजकर्ताको भूमिकामा रहेका कवि रामकुमार पण्डितले ‘मिट्टीको चुम्बन’ कविता वाचन गरेर रोमाञ्चित बनाएका थिए । घुम्ती कवि गोष्ठीका सल्लाहकार शंकर भारतीद्वारा घुम्ती कवि गोष्ठीका बारेमा अवधारणा ब्यक्त गरेका थिए ।
स्रष्टा पदयात्रा टोलीका अध्यक्ष शीतल गिरीद्वारा ‘कस्को के लाग्छ’ समसामयिक विषयमा कविता वाचन गरिएको थियो । सुरभी साहित्य समाजका अध्यक्ष तथा प्रमुख अतिथि बाजुराम पौडेलद्वारा सार्थक मन्तव्य ब्यक्त गर्दै आज भोलीको प्रमुख अतिथिका सनदर्भमा छन्दोबद्ध कविता सुनाइएको थियो ।
समिक्षक गोविन्द घिमिरे ‘वेदमणि’ द्वारा रचना वाचनका क्रममा सुनिएका अधिकांश सामग्रीहरुले सृजनात्मक समसामयिकता लाई उजागर गरिएकोले प्रत्येक रचना अझै बढी प्रभावकारी रहेको भन्दै सुन्दा हर्षविभोर रहेको बताउंदै असारे भाकाको गीत प्रस्तुत गरिएको उक्त कार्यक्रमको अन्त्यमा वसन्त रिजाल द्वारा कविता वाचन गर्दै धन्यवाद ज्ञापन सहित समापन गरिएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend