logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

टायर रिबबिनाको जीवनमा अचानक केही खास भयो


  • जन आकाश
  • शुक्रबार, असार १५ २०८१

काठमाडौ । जीवनमा कहिलेकही अनौठो आभास संलाग्ने अवसर मिल्छ । यस्तो अनौठो जो जीवनमा कहिल्यै अनुभूति गर्न पाइएको थिएन । त्यो आभास यति मीठो हुन्छ जुन शिशिर अर्थात उराठ, विरक्तिलो, दिक्क लाग्दो, नरमाइलो अनुभूति भइरहेको बेला एकाएक मधुमास अर्थात बसन्तबहार, ऋतुहरुका पनि राजा वसन्त ऋतुको आवगमन भए जस्तो, चारैतिर खुसी नै खुसी, हर्ष नै हर्ष, उमंग नै उमंग छाए जस्तो आभास मिल्ने गर्छ ।



यस्तो आभास त्यति बेला मात्र मिल्छ जव जीवनमा कोहि विशेष मान्छे भेटिन्छ त्यस्तो मान्छे जो संसार कै राम्रो लाग्छ, उसैलाई नै हेरिरहु, शिशिरको विहानीको न्यानो घामको पहिलो किरण उसैको शिरमा पारु पारु जस्तो, इन्द्रेणीका सातै रङ्ग उसकै मुस्कानमा सारु सारु जस्तो, उसैसंग बोलिरहु जस्तो, उसै संग डुलिरहु, उसैसंग भुलिरहु जस्तो साच्चै उसको आवगमनले जीवनमा केहि खास भएको आभास मिल्ने गर्छ । उसको अघि आँफू नै फिका अनुभुति हुने गर्छ, संसारका सारा खुसी उसै भित्र देख्न अनि भेट्न मन लाग्छ, आँफूलाई मेटाएर उसैलाई दिउँ दिउँ जस्तो लाग्छ, यस्तो लाग्छ आफ्नो केहि छैन, आफ्नो केहि होइन, जे छ उसैको हो, जे छ उसैलाई दिउँ, सबै खुसी उसै भित्र भरु जस्तो ऊ खुसी भए आँफू त्यसै खुसी, उ रमाए आँफूलाई त्यसैमा रमाइलो आँफू भन्दा धेरै माथी उ हुन्छ, उसको सम्झना हुन्छ, उसको याद हुन्छ, उसको माया हुन्छ अनि उ प्रतिका समर्पण भाव हुन्छ, सबै कुरा अटाउँछ उ भित्र  जीवनमा उ भए अरु केहि चाहिन्न, ऊ नै खुसी हो, ऊ नै संसार हो अनि उ नै सर्वस्व हो, उसको सामु मन कपास जस्तो नरम भइदिन्छ ।

ढुकढुकीमा सधैभरी उसैलाई नै सुनौ सुनौ जस्तो
गोरेटोमा हिँड्ने यात्री उसैलाई नै चुनौ चुनौ जस्तो
यो कस्तो अनौठो आभास भयो
अचानक यो दिल किन बदमास भयो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend