जन आकाश
काठमाडौ । यसस्वी कवि तथा उपन्यासकार लीलाध्वज थापाको नाममा स्थापना गरिएको ‘लीलाध्वज थापा साहित्य प्रतिष्ठान’ ले यस वर्ष प्रदान गरिने साहित्य सम्मान तथा पुरस्कार आख्यानकार श्री गीता केशरीलाई प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाबाट जानकारी हुन आएको छ ।
उक्त प्रतिष्ठानले नेपाली भाषा र साहित्यको उन्नयन गर्ने उद्देश्यले साहित्य सम्मान तथा पुरस्कार र स्रष्टा सम्मान तथा पुरस्कार गरी दुई प्रकारको सम्मान तथा पुरस्कार प्रदान गर्ने गरी साहित्य सम्मान रू २५०००/ नगद राशि सहित प्रत्येक वर्ष प्रदान गरिने र स्रष्टा सम्मान रू १००००/ नगद सहित त्रैमासिक रुपमा प्रदान गरिने जानकारी गराएको छ ।
साहित्य सम्मान तथा पुरस्कार अर्पण कार्यक्रम यही असार २२ गते थापाको १०४ औं जन्म जयन्तीको अवसर पारेर नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभा कक्षमा दिनको ३ बजे एक विशेष कार्यक्रमको आयोजना गरी प्रदान गरिने जानकारी गराइएको छ ।
प्रतिष्ठानको सम्पूर्ण खर्च आफ्नै पारिवारिक स्रोतबाट व्यवस्थापन गरी हालसम्म उक्त पुरस्कारबाट प्रा.डा.वासुदेव त्रिपाठी, वाङ्मय शताब्दि पुरूष सत्यमोहन जोशी, प्रा.डा. तारानाथ शर्मा, प्रसिद्ध कवि तुलसी दिवस, प्रा.गोपीकृष्ण शर्मा र इतिहासविद् ज्ञानमणि नेपाललाई प्रदान गरिसकिएको जानकारी प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाद्वारा गराइएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend