logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

फुडमाण्डुको “मनसुन म्याजिक” क्याम्पेनको सुरुवात


  • जन आकाश
  • सोमबार, असार १८ २०८१

काठमाडौँ । नेपालको पहिलो तथा लोकप्रिय फुड डेलिभरी कम्पनी फुडमान्डुले मनसुन म्याजिक’ नामक क्याम्पेन लिएर आएको छ ।



यस क्याम्पेन अन्तर्गत ग्राहकहरुले वर्षाको समयमा बाहिर निस्कनुको साटो घरमै बसी आफूलाई मनपर्ने खानाको मजा लिन सक्नुहुनेछ् । भोक र झरी  डन्ट वरी .बिकज फुडमान्डुमा अफर असारै भरी ’ भन्ने मुख्य सन्देशका साथ फुडमान्डुलेग्राहकहरुलाई ७०% सम्मको भारी डिस्काउन्ट प्रदान गर्दैछ ।

साथमा सेल्स अफर अन्तर्गत ग्राहकहरुले फ्ल्याट डिस्काउन्ट, बिग प्याक, कम्बो डिल्स, बोगो र मिस्ट्री बक्स जस्ता अफरहरु काठमाडौं, चितवन र पोखराका ४० भन्दा धेरै रेस्टुरेण्टहरुबाट पाउन सक्नु हुनेछ ।

यसबारे बोल्दै फुडमान्डुकी ब्रान्ड एंड मार्केटिब मेनेजर, ईनेशा भट्टराईले भने  , “यस क्याम्पेन मार्फत मनसुनको समयमा हाम्रा ग्राहकहरूलाई यस्ता अफरहरु प्रदान गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं । हामी सधैं उत्कृष्ट खाना र डेलिभरीद्वारा आफना ग्राहकहरूलाई सेवा दिने प्रयासमा निरन्तर नै लागिरहेका हुन्छौँ । मनसुन म्याजिक’ ले ग्राहकहरुलाई थप सहज र सरल सेवा प्रदान गर्नेछ भन्नेमा हामी ढुक्क छौँ ।”

सेल्स अफरका साथसाथै फुडमाण्डुले MONSOONMAGIC नामक भौचर डिस्काउन्ट पनि उपलब्ध गराउने छ जसअन्तर्गत ग्राहकहरुलाई ४०% सम्म छुट प्रदान गरिनेछ । उक्त डिस्काउन्ट कति प्रतिशत हुन्छ भनेर ग्राहकहरुले चेकआउटको समयमा कोड राखेपछि मात्र थाहा पाउन सक्नु हुनेछ । यो क्याम्पेन असार १४ देखि असार ३१ सम्म मात्र लागु हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend