जन आकाश
काठमाण्डौ । नियात्रा लेखनका क्षेत्रमा प्रशिद्धि कमाएका नियात्राकार राजेन्द्रमान डङ्गोलद्वारा लिखित ‘बादलडाँडा’ ‘पद्मश्री पुरस्कार २०८०’ का लागि छानिएका १५ पुस्तकको सूचिमा पर्न सफल भएको छ । जीवा लामिछानेद्वारा हस्ताक्षरित खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले प्रेश विज्ञप्ति जारी गर्दै शनिबार १५ पुस्तकहरुको सूची सार्वजनिक गर्दै सो कुराको जानकारी गराएको थियो ।
यस सम्बन्धमा नियात्राकार राजेन्द्रमान डङ्गोलद्वारा समेत सामाजिक संजालमा लेख्दै मेरो यात्रा विवरण “बादलडाँडा” प्रतिष्ठित ‘पद्मश्री अवार्डको’ लागि मनोनयन भएको कुरा बताउन पाउँदा म हर्षित र सम्मानित छु । यो मान्यता यसका पानाहरूमा कैद गरिएको यात्राको सुन्दरता र कथाहरूको प्रमाण हो। तपाईंहरुको अटल समर्थन प्रेरणा र प्रोत्साहनको लागि सबैमा हार्दिक आभार सहित धन्यवाद ।
एक वर्ष भित्र नेपाली साहित्यमा प्रकाशित गरिएका उत्कृष्ट कृतिलाई २०६३ सालदेखि हरेक वर्ष नगद राशि ३ लाख सहित प्रमाण पत्रले सम्मानित गरिंदै आएको थियो । २०८० सालमा प्रकाशित भएका नेपाली भाषा साहित्यको कृतिहरु मध्य प्रतिष्ठानलाई प्राप्त भएका १८६ वटा कृतिको अध्ययन पश्चात ‘पद्मश्री साहित्य पुरस्कार’ २०८० का लागि १५ वटा कृतिलाई मुल्याङ्कन समितिले सिफारीश गरेको थियो ।
यो सुचीबाट समितिले अर्को महिना पाँचवटा उत्कृष्ट पुस्तकको संक्षिप्त सुची तयार पार्ने जनाइएको छ ।
विस्तारित १५औं सूचीमा परेका पुस्तकमा विष्णु सापकोटाको अडिएका पाइला, राजेन्द्रमान डंगोलको बादलडाँडा, भुवनहरि सिग्देलको ‘साँखेजुङको उकालो’ अखण्ड भण्डारीको ‘बोरा’ कृष्ण गौतमको अद्वैत, कुमार नगरकोटीको जोगियाना, सानु शर्माको ‘अर्को देशमा, रोशन शेरचनको ‘गल्ली संसार’ सुमिनाको बागी स्त्रीको आत्मकथा, भानु बोखिमको गोधूलि गीत, विश्व कुइँकेलको गोपीचा, रहेका छन्।
यसैगरी, चिरञ्जीवी वाग्लेको बहादुर शाह,गोविन्दप्रसाद कुसुमको भृकुटी, गोपी सापकोटाको लन्डन अनप्लग्ड, अरुण गुप्तोको संस्कृति चिन्तन सूचीमा परेका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend