जन आकाश
काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको संयुक्त आयोजनामा चलचित्र साहित्य र नेपाली सन्दर्भ विषयमा अन्तर्किया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठान कमललादीमा आयोजि कार्यक्रममा काला, साहित्य र चलचित्र क्षेत्रका विशिष्ठ महानुभावहरुको सहभागिता रहेको थियो । कार्यक्रममा त्रि वि कीर्तिपुर नेपाली विभागका प्रध्यापक डा. अशोक थापाले चलचित्र साहित्य र नेपाली सन्दर्भ विषयमा कार्यपत्र प्रस्तुत गर्दै चलचित्र सहित्यको बेग्लै विधा हो भन्ने मान्यतालाई स्थापित गर्न पर्ने आवश्यकता छ ।
चलचित्र कलाको आधुनिक माध्यम हो । समाज रुपान्तणरको निम्ति चलचित्रको भूमिका महत्वपूर्ण रहन्छ । प्राविधिक पक्षले गर्दा चलचित्रले धेरै कुराहरु एकै पटक देखाउन सकिन्छ । पछिल्लो समय चलचित्र समाजको एउटा अभिन्न अंग बन्न पुगेको छ धारण राख्नु भयो ।
कार्यपत्रमाथि आफ्नो धारण राख्दै बरिष्ठ कलाकार तथा निर्देशक नीर शाहले हरिश्चन्द्र नै पहिलो नेपाली चलचित्र हो । भारतीय कलाकार र नेपाली कलाकारहरुले अभिनय गरेको चलचित्रमा भारतीय कलाकारहरुले नेपाली उच्चारण स्पस्ट नभएको हुँदा डविंग गरेको जस्तो हुन पुगेको हो । भन्ने धारण राख्नु भयो । साहित्य र कला मानव सभ्यताको विकाससँगै जोडिएको कुरा हो । अहिलेको अवस्थामा कला र साहित्यलाई यसलाई हेर्ने दृश्टीकोण गलत छ हामीले बदल्न पर्छ भन्दै उहाँले कला र साहित्यले मान्छेको समवेदनासँग निकट सम्बन्ध राख्छ भन्दै चलचित्र पनि मानविय समवेदनासँग जोडिएको एउटा पाटो हो । चलचित्रको मुटु भनेको पटकथा हो ।
पटकथा चलचित्रको साहित्यको मूल अंश हो । विश्व बजारका धेरै प्रसिद्ध चलचित्रहरुको आधार साहित्य नै हो । नेपाली चलचित्रको बारेमा खोज अनुसन्धान नै साह्रै कम भएको परिप्रेक्षमा यो कार्यक्रमले फरक किसिमको सुरुवात गरेकोमा बधाइ समेत ज्ञापन गर्नु भयो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले प्रज्ञा प्रतिष्ठानले चलचित्रको बहसमा एउटा माहोल सिर्जन गर्ने प्रयत्न गरेको हो ।
आगामि दिनहरुमा पनि हामी यस्ता कार्यक्रमहरुको आयोजना गर्ने छौँ हामी । उहाँलेभन्नु भयो, चलचित्र आफैँ साहित्य हो । चलचित्र प्रविधिसहतिको साहित्य हो । चलचित्रमा साहित्यका मूलविधाका सबै विधाहररु समेटिएका कारण चलचित्र साहित्य फरक पनि छ । आफ्नो कथा आफैँ भन्ने एउटा बलियो आधार बनेको छ चलचित्र तर्सथ यसको कथा भन्ने शैली फरक छ ।
कार्यक्रमा कार्यपत्रमाथि टिप्पणी गर्दै गीतकार तथा संचारकर्मी भुपेन्द्र खड्काले कार्यपत्रले चलचित्रको इतिहास त उजागर गर्यो तर चलचित्र साहित्यको नेपाली सन्दर्भसँगको सम्बन्ध प्रस्ट आउन सकेन । सहित्यका साना साना विधाहरुलाई समेटेर नेपाली चलचित्र अगाडि बढेको देखिन्छ । चलचित्रको व्यबसायिक पाटो एउटा हो तर मौलिक सिनेमा बनाउने कुरा अर्को चुनौति छ नेपाली बजारमा । पछिल्लो समय नेपाली सिनेमा र साहित्यको सम्बन्ध बलियो हुँदै गएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend