logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

सैदी पावर कम्पनी लिमिटेडको साधारण शेयर निष्काशन


  • जन आकाश
  • बुधबार, असार २० २०८१

काठमाडौ । सैदी पावर कम्पनी लिमिटेडले प्रति शेयर १०० रूपैयाँ अंकित दरको १,७०,०४९ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्रीप्रबन्धकमा नियुक्त गरेको छ ।



उक्त सम्झौता—पत्रमा सैदी पावर कम्पनी लिमिटेडका तर्फबाट सञ्चालक समितीका अध्यक्ष  कुशल थापा तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

सैदी पावर कम्पनी लिमिटेडले कास्की जिल्लामा अवस्थित सैती खोलाको पानी सदुपयोग गरि ९९९ किलोवाट क्षमताको लघुजलविद्युत आयोजना निर्माण गरी २०७९ सालबाट व्यवसायिक विद्युत उत्पादन गरी आयोजना सञ्चालनमा रहेको छ । यस आयोजनाबाट उत्पादित विद्युत शक्ति हेम्जा बास्कोट सवस्टेशनमा जडान गरि बिक्री कार्य भईरहेको छ ।

आगामी दिनमा यस कम्पनीले अन्य आयोजनामा समेत लगानी गरी अगाडी बढ्ने योजना रहेको जनाएको छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend