logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

लागुपदार्थ विरुद्ध जागरणको लागि ५ कि.मी यात्रा आयोजना हुदै


  • जन आकाश
  • बिहिबार, असार २१ २०८१

काठमाडौं । मिरा राई इनिसियटिभको सहर्कार्यमा होप फाउन्डेसन नेपालले यहि असार २२  गते ५ कि.मी यात्रा दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।



यस कार्यक्रमको मुख्य उधेश्य लागुपदार्थ दुर्व्यसनी बारे जनचेतना जगाउने र स्वस्थ जीवनशैली प्रोत्साहन गर्ने रहेको होप फाउन्डेसनका अध्यक्ष राजिव थापाले जनाएकाछन् । उक्त कार्यक्रममा सहभागिताहरुले खुल्ला र विद्यार्थी वर्गमा निशुल्क दर्ता गर्न सक्ने आयोजकले जनाएको छ र विजेता हरुले ५० हजार बराबर को नगद पुरस्कार पनि प्राप्त गर्नेछन् ।

आज काठमाडौँमा आयोजना भएको एक समारोहमा मिरा राइले युवाहरुलाई लागुपदार्थ दुर्व्यसनीबाट बचाउन जनचेतना फैलाउने उधेश्यले गरिने यस्ता महत्वपूर्ण कार्यक्रमहरु देशैभरि गर्ने पर्नेमा जोड दिए ।

समारोहमा उपस्थित अन्य वक्ताहरुले यस्ता महत्वपूर्ण कार्यक्रमहरु हरेक टोल समाजले अयोजना गर्न पर्ने र सरकारले पनि यस्ता विकृतिहरुलाई निर्मुल पार्नको लागि राष्ट्रिय स्तरको जनचेतना कार्यक्रमहरु गर्न पर्नेमा जोड दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend