जन आकाश
काठमाडौ । नेपाल प्रज्ञा (प्रतिष्ठान र नेपाल बालसाहित्य समाजद्वारा संयुक्त रूपमा पठन संस्कृति, आवश्यकता, चुनौती र सम्भावनाु विषयक गोष्ठी आयोजना गरिएको छ । उक्त विषयको अवधारणा(पत्र बहुआयामिक साहित्यकार केशरी अम्गाईद्वारा प्रस्तुत गरिएको थियो ।
टिप्पणीकार सीता सुवेदीले पठन संस्कृति सरोकारवालाको चासोको विषय बनेको छ । विद्वत् वर्ग गुनासोमै केन्द्रित गरेर बस्ने कि सम्भावना र समाधानतिर पनि लम्कने भन्ने उनको प्रतिप्रश्न थियो । कार्यपत्र व्यवस्थित रूपमा नआएको र मार्गनिर्देश गर्न नसकेको उनको कथन थियो । शिक्षकले गरेका असल अभ्यास तथा सकारात्मक पहललाई उल्लेख नगरिएको गुनासो गर्दै सरकारी शिक्षकले गरेका यत्नलाई छायाँमा पार्न खोजिएको प्रति उनको असन्तुष्टि थियो । प्रविधि(मैत्री पढाइ बनाउन खोजिएको यो समयमा बच्चाहरूलाई प्रविधिबाट टाढा लैजान असम्भव हुने उनको तर्क थियो । यो कार्यपत्र प्रश्नपत्र त बनेन ? भन्ने उनको जिज्ञासा रह्यो ।
त्यसरी नै प्राज्ञ डा. कौशिला रिसालले तथ्यहरूको न्यूनता भएको राय व्यक्त गरिन् । पठन संस्कृति प्रविधिका कारणले घट्यो भनियो तर कहिले बढी थियो भन्ने उल्लेख नभएको र विद्यार्थीलाई नसोधिएकोप्रति उनको दुखेसो थियो । अवधारणा(पत्र टिप्पणीभन्दा पनि के हुनुपर्ने ? हुन नहुने भन्नेप्रति उनको राय अभिव्यक्त थियो ।
त्यसरी नै विजयराज न्यौपाने, वेदमणि घिमिरे, प्रकाश तिवारी, माधव घिमिरे ुअटलु, प्राड्डडाड्ड वेदराज ढकाल, शान्ता दाहाल, येशु श्रेष्ठलगायतले पनि अवधारणा(पत्रप्रति सङ्क्षिप्तमा आआफ्ना मन्तव्य अभिव्यक्त गरेका थिए ।
उपकुलपति बिमल निभाले बाल्यकालको पठन अत्यन्तै महत्त्वपूर्ण हुने बताउँदै अहिले त्यो एकाग्रता र लगनको कडी टुटेको स्विकारे । तसर्थ बालकलाई कुनै पनि मूल्यमा पठनबोध गराउनैपर्ने खाँचो रहेको उनको कथन थियो ।
बालसाहित्य समाजका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष प्रमोद प्रधानले अब निश्चित क्राइटेरिया पुगेका पुस्तकमात्र विद्यार्थीहरूलाई पढाइने तयारी भएको भन्दै अबको पुस्ताले छानेर उपयुक्त कुरामात्र पढ्न रूचाउने बताए । उनले नेपाल प्रज्ञा(प्रतिष्ठानलाई कार्यक्रम आयोजनाका निम्ति आभार व्यक्त गरे ।
कार्यक्रममा डा. छायादत्त न्यौपाने बगर डा. यादेवी ढकाल, देवराज सिम्खडा, खुसीराम डौलिया, विष्णु भण्डारी, वसन्त रिजाल, गङ्गा कर्माचार्य पौडेल, शान्ति सापकोटा, सत्या अधिकारी, तेजविलाश अधिकारी, शेखर अर्याल, जयराम बिडारी लगायतका बहुआयामिक स्रष्टाहरूको समुपस्थिति थियो ।
कार्यक्रमको सहजीकरण चर्चित बालसाहित्यकार तथा नेपाल बालसाहित्य समाजका महासचिव विजयराज आचार्यले गरेका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend