जन आकाश
काठमाडौं । संचालनको २५ वर्ष पूरा गरी २६ औं वर्षमा संचालन भइरहेको मनकामना केवुलकार नेपालको प्रथम तथा सर्वलोकप्रिय केवुलकार मानिन्छ । अष्ट्रियाको विश्वकै १ नं. कम्पनी डोपलमायर (Doppelmayr) बाट आयातित मेशिनरीहरू बिना कुनै प्राविधिक समस्या अटुट रूपमा २६ औं वर्षमा संचालनमा आइरहेको कुरा सर्वविदितै छ ।
२६ वर्ष अगाडि जडित यो प्रविधिमा क्रमिक रूपले समय अनुरूप धेरै विकास भइसकेको र हाल निर्माता कम्पनीले समेत यसका पार्टपूर्जा आदि दिन निकट भविष्यमा समस्या रहने र निर्माता कम्पनीकै सुझावमा समय सापेक्ष अनुसार केवुलकारको स्तरोन्नति गर्न लागिएको हो ।
हाम्रो प्रविधि (Analogue) एनालोगमा आधारित प्रविधि हो र यसमा जडित मेन मोटर D. C. करेन्टबाट चल्दछ । हाल स्तरोन्नति हुने प्रविधि डिजिटल र नवीनतम् प्रविधि हो र यसलाई (Doppelmayr) को D-Connect System भनिन्छ । यसमा सम्पूर्ण डिजिटल प्रविधिबाट चल्नुका साथै यसको मेन मोटर अब AC करेन्टबाट चल्नेछ ।
पुरानो मोटर, Control System, Panel सबै यसै प्रणालीमा आधारित हुने भएकोले सबै नै मुख्य मेशिनरीहरू सोही अनुसार फेरिने हुन्छ । त्यस्तै हाल दुई स्टेशन बीच जडित Communication Cable समेत डिजिटल प्रविधि अनुरूप हुने भएकोले सो पनि फेरिने हुन्छ जस्को लम्बाई करीव ३२०० मिटरको हुनेछ ।
त्यस्तै (Main Haulage Cable) मेन केवल तार लठ्ठा पनि क्रमशः पुरानो भएकोले सो समेत यसै पटक रोकिएको अवधिमा फेरिने छ र त्यसको लम्बाई करीव ६५०० मिटरको हुनेछ ।
केवुलकारको सबैभन्दा सुरक्षा दृष्टिकोणले मुख्य मानिने] Grip हरू, जस्को माध्यमबाट Gondola) तारमा झुन्डिने हुन्छ, सम्पूर्ण फेर्ने कार्य २ वर्ष अघि नै सम्पन्न गरिसकेका छौं ।
डोपलमायरको प्राविधिकहरू नै आएर गर्ने सो कार्य गर्न लाग्ने समयको प्रारम्भिक अनुमान ५० दिन लाग्ने डोपलमायर प्राविधिकहरूको छ । तर मौसम आदि अन्य कुराको आधारमा अनुमानित समय चाँडो पनि हुन सक्छ वा लम्बिन सक्ने समेत हुन सक्छ । यस विषयमा हामी आदरणीय यात्रुहरूलाई समयभित्रमा नै सूचित गर्नेछौं ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend