logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

प्रशिद्ध पण्डित ज्यो.रुद्रनाथ अधिकारीको तीन गीति भिडियो एकसाथ विमोचन


  • जन आकाश
  • शुक्रबार, असार २९ २०८१

जयराम बिडारी
काठमाण्डौ । समसामयिक विषयवस्तुमा भविष्यवाणी गरेर चर्चित रहेका प्रशिद्ध पण्डित ज्यो.रुद्रनाथ अधिकारीको तीन गीति भिडियो एकसाथ विमोचन गरिएको छ ।



गीतकार सङ्घ नेपालका अध्यक्ष वसन्त वित्यासी थापाको सभापतित्व तथा पूर्व अर्थ मन्त्री एवं गीतकार सङ्घ नेपालका सल्लाहकार एस्पी कोइरालाको प्रमुख आतिथ्यमा समिक्षक आनन्द अधिकारी,नारायण गोपाल सङ्गीत कोष एवं तारादेवी स्मृति फाउन्डेसनका अध्यक्ष दीपक केसीको आतिथ्य लगायत सयौंका संख्यामा उपस्थित रहेका गीत सङ्गीतका पारखीहरुको समुपस्थितिमा बानेश्वर स्थित काठमाण्डौ बेङ्क्वेटको प्रेक्षालयमा एक विशेष कार्यक्रमको आयोजना गरी उक्त कार्यक्रम सम्पन्न गरिएको थियो ।

कार्यक्रममा पण्डित ज्योतिष रुद्रनाथ अधिकारीले गीतकारको रुपमा समेत परिचय बनाउन सफल रहेको कुरा गीति भिडियो निर्माणका निर्देशक कृष्णदेव रुपाखेतीले बताए ।

उनका राजनीतिक,सामाजिक,धार्मिक क्षेत्रमा उल्लेखनीय योगदान रहेको उल्लेख गर्दै अधिकारी विभिन्न सङ्घ संस्था मुक्तिनाथ सेवा संघ,संस्थापक सदस्य, श्री गजेन्द्र मोक्ष दिव्यधाम त्रिवेणी नवलपरासी,श्री पंच महालक्ष्मी मन्दिर छलिङ्ग भक्तपुर, सर्वसिद्धी धाम,बाग्लुङमा समेत क्रियाशीलता रहेको बताउँदै सफल र सशक्त गीतकारका रुपमा प्रशिद्धिका लागि शुभकामना ब्यक्त गरेका थिए ।

गीतकार डा.रुद्रनाथ अधिकारीद्वारा रचना गरिएको ‘यस्पालीको तिजमा’ गीतलाई रमेशकुमार थापाले संगीतबद्ध गरेका छन् भने ,गायिका शान्तिश्री परियारको स्वरले सजीवता प्रदान गरेको छ । उक्त गीतको संगीत संयोजक कृष्ण बाजुरालीको रहेको छ भने अन्जली अधिकारी, लक्ष्मी ढकाल अभिनीत गीतले पूर्ण न्याय पाएको छ ।

यसैगरी प्रेमगीतका रुपमा रहेको बुझ मायालु प्रमोद खरेलको स्वरमा किर्ति न्यौपानेको संगीत तथा पुरुषोत्तम सुवेदीको संगीत संयोजनमा कृष्णदेव रुपाखेतीले निर्देशन गरेका छन् ।

यसैक्रममा यस्तै रहेछ भाग्यमा जीवनका आरोह अवरोह खुशी पिडा आदिलाई कलात्मक रुपमा प्रस्तुत गरिएको पाइन्छ भन्दै विमोचित तीन भिडियो प्रति समिक्षा गर्दै समिक्षक आनन्द अधिकारीले समग्रमा साङ्गो पाङ्गो समिक्षा गर्दै भविष्यवेत्ताका रुपमा परिचित अधिकारीलाई सफल गीतकारका रुपमा स्थापित हुनका लागि सुभेक्षा व्यक्त गरे ।

सो अवसरमा प्रमुख अतिथि एस्पी कोइरालाले गीत संङ्गीतको परख मानवीय रुपमा मात्रै नभएर सम्पूर्ण चराचर जगतलाई पनि रहने उल्लेख गर्दै गीतिक्षेत्रमा उदाउँदो ताराकाा रुपमा परिचय स्थापित गर्नका लागि पण्डित अधिकारीलाई शुभकामना ब्यक्त गरेका छन् ।

उक्त अवसरमा गीतकार रुद्रनाथ अधिकारीले मन्तव्यका क्रममा जिन्दगीले दिएका अनेक खुसी र पिडाहरुका सबै श्रृंखलालाई स्वीकार गर्दै महसूस गरिएका कोरा भावनालाई शब्दका माध्यमबाट जनसमक्ष प्रस्तुत गर्ने धृष्टता गरिएपनि आगामी दिनमा प्राप्त सुझाव र प्रतिक्रियाका आधारमा सम्बोधनका निमित तैयार हुँदै सार्वजनिक सम्पत्तिका रुपमा समर्पण गरिको कार्यक्रममा सहभागीहरुमा आभार व्यक्त गरेका छन् ।

सो अवसरमा वसन्त बित्यासी थापाले गीतकार सङ्घको तत्वावधानमा कार्यक्रमको आयोजना गर्न पाएकोमा खुशी व्यक्त गर्दै प्राविधिक रुपमा भएका कमिकमजोरीहरुमा सुधार गर्दै अघि बढ्नुपर्ने कुरमा जोड दिंदै कृति सफलताको शुभकामना दिए ।

सुमन पण्डित ‘बैरागी’द्वारा सहजकर्ताको भूमिका निभाइएको उक्त कार्यक्रम सभ्य एवं भव्य रुपमा सम्पन्न गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend