logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

मनसुनमा एलजीका वाशर ड्रायर वासिङ मेसिन धुनेसँगै कपडा सुकाउने काम पनि एकैपटक


  • जन आकाश
  • शुक्रबार, असार २९ २०८१

काठमाडौं । मनसुनको समयमा कपडा धोएर सुकाउन निकै झन्झट हुने गर्छ । कपडा धोएपनि पटक पटक हुने झरीले सुकाउन पनि निकै चुनौती हुन्छ । त्यसको विकल्पमा बजारमा एलजीका बिभिन्न क्षमताका वाशर ड्रायरहरु उपलब्ध छन् ।



सामान्य प्रकृतिका वासिङ मेसिनले कपडा धुने मात्रै काम गर्छ, सुकाउन भने घामकै निर्भर हुनुपर्छ । सोही अवस्थालाई दृष्टिगत गर्दै सिजी इलोक्ट्रोनिक्सले कपडा सुकाउने सुविधा भएको एलजीको वाशर ड्रायर वासिङ मेसिन बजारमा ल्याएको छ ।

जुन वासिङ मेसिनले कपडा धुने मात्रै होइन, कपडालाई पुर्ण (शतप्रतिशत) रुपमा सुकाउने काम पनि गर्ने सिजी इलोक्ट्रोक्सिले जानकारी दिएको छ । नेपालमा सिजी इलोक्ट्रोनिक्स नै लाइफस्गु ड अर्थात् एलजीको आधिकारीक विक्रेता हो । यो वाशर ड्रायर वासिङ मेसिनले दुई घण्टा भित्र कपडा धुने र सुकाउने काम गर्न सक्ने कम्पनीले जनाएको छ ।

न्यूनतम आठ केजीदेखि २१ केजीसम्म लुगा धुन र सुकाउन सक्ने क्षमताका वासर ड्रायर वासिङ मेसिन उपलब्ध रहेको कम्पनीको भनाइ छ । एलजीका पछिल्ला सम्पूर्ण वाशर ड्रायर वासिङ मेसिनहरु कृत्रिम बौद्धिकता अर्थात्आ र्टीफिसीयल इन्टीलिजेन्स (एआई) जडित छन। नेपालमा एआई जडित वासिङ मेसिन एलजीको मात्रै भएको पनि कम्पनीले जनाएको छ।

एआई जडित वासिङ मेसिनले बिभिन्न कपडाको प्रकार पत्ता लगाइ त्यसका लागु उपयुक्त वाश साईकल आफै चयन गरेर धुन्छ। साथै एलजीका वाशर ड्रायर वासिङ मेसिनहरुमा वाइफाइबाट कनेक्ट गरी मोबाईल एप(थिन क्यु) मार्फत जुनसुकै ठाउँबाट पनि चलाऊन सकिन्छ।

सिजी इलोक्ट्रोनिक्सले यी वाशर ड्रायर वासिङ मेसिनहरु नेपालभर उपलब्ध भएको जानकारी दिएको छ । सिजी इलोक्ट्रोनिक्सका देशभर पाँच सय डिलर छन् । यसैगर२५ वटा आधिकारीक सोरुमहरु छन् । साथै, भाटभाटेनी जस्ता सुपर मार्केट र बिभिन्न अनलाइन प्लाटफर्मबाट पनि एलजीका वासिङ मेसिनहरु खरिद गर्न सकिने कम्पनीको भनाइ छ ।

यस्तै, ग्राहकको घरसम्म निःशुल्क ढुवानी गरेर जडान र परिक्षण समेत गरिने बताइएको छ । साथै वासिङ मेसिनमा १० बर्षको वारेन्टी समेत रहेको सिजी इलोक्ट्रोनिक्सले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend