जन आकाश
निर्मला बस्नेत ।
मुक्तक १
दुःख पिडा साटेर लिने तिमी नै हो आमा
समस्यामा नि सुख दिने तिमी नै हो आमा
आफ्नो सन्तानहरुलाई केही समस्या पर्दा
घरी निन्द्राबाट बिउझिने तिमी नै हो आमा ॥
मुक्तक २
घाइते किन पार्नु प¥यो ढलाएर जाउ
ढलेपछि मेरो लास जलाएर जाउँ
बरु मेरो मानसम्मान केही नहोस्
तिमीले आफ्नो चर्चा चलाएर जाउं ॥
मुक्तक ३
तिमी मेरो दिलको राजा म रानी हुनुपर्छ
हामि दुईको मायाको नि कहानी हुनुपर्छ
तिर्खाले जब म मरुभूमिमा छट्पटिरहन्छु
तिमी चाहिँ प्यास मेटाउने पानी हुनुपर्छ ।
मुक्तक ४
तिमी मेरो हुन सकेनौं म के गरु
भाको खुसि पनि देनौ म के गरु
मायालु पनले चिनो सहित दिए
त्यहि चिनो पनि लेनौ म के गरु ।।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend