logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

अभिलाषाका झारहरू’को विमोचन


  • जन आकाश
  • आइतबार, साउन ६ २०८१

काठमाण्डौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानको सिद्दिचरण सभाकक्षमा कवि राजेन्द्र ओझा ‘नयन’द्वारा रचित ‘अभिलाषाका झारहरू’ कवितासङ्ग्रहको विमोचन कार्यक्रमका प्रमुख अतिथि तथा प्रज्ञा- प्रतिष्ठनका कुलपति भूपाल राई लगायतले गरेका छन ।



उनले प्रज्ञा-प्रतिष्ठान संस्कृति निर्माण गर्ने प्राज्ञिक थलो भएकाले साहित्यकार र लेखक माझ मात्र नभई स्कुल ,क्याम्पस र विश्वविद्यालयसामू प्रज्ञा-प्रतिष्ठान परिचित हुनुपर्नेमा जोड दिएका छन ।

कुलपति राईले कवि तथा साहित्यकारहरू खास भ्रष्टाचारी नभएको उल्लेख गर्दै कवि राजेन्द्र ओझा ‘नयन’को कवितासङ्ग्रह सरल र सहज रहेको बताएका थिए ।

उनले कविक‍ो भावना बेजोड भए जस्तै कविताको परिष्कार भने निरन्तर साधनाले मात्र सम्भव हुने बताए ।

कार्यक्रमका विशिष्ट अतिथि प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिकशास्त्र विभाग प्रमुख डा. कौशिला रिसालले कवि राजेन्द्र ओझा ‘नयन’को कवितासङ्ग्रह ‘अभिलाषाका झारहरू’मा सङ्गृहीत कविताहरू आफ्नै शैलीमा रचिएका सरल र मौलिक छन् । कतिपय कवितामा वर्गीय विभेद,प्रेम र अध्यात्म जनाउने प्रकारका कविता रहेको बताए ।

कार्यक्रमका अतिथि समालोचक महेश पौडेलले कवि ओझामा कवित्वको प्रचुर सम्भावना रहेको छ । उहाँका कवितामा दार्शनिक प्रभाव रहेको बताउँदै
कविता भनेको दीर्घलेखन पपश्चात् परिमार्जन हुनेमा जोड दिए  ।

‘अभिलाषाका झारहरू’ कवितासङ्ग्रहका सर्जक राजेन्द्र ओझा ‘नयन’ले आफूले मनोवैज्ञानिक तथा दार्शनिक विषयवस्तुमा कविता लेख्ने गरेको बताए ।

उक्त विमोचन कार्यक्रम युनिग्लोब कलेजका अध्यक्ष प्रा.खगेन्द्र ओझाको अध्यक्षतामा सम्पन्न भएको थियोे ।उनले प्रज्ञा-प्रतिष्ठान जस्तो प्राज्ञिक निकायमा `अभिलाषाका झारहरू’क‍ो विमोचन हुँदा आफूलाई खुसी लागेको बताए ।उनले कविताले जीवन भोगाइ र आफ्ना अनुभूतिलाई व्यक्त गरेको उल्लेख गरे ।

कार्यक्रमको सञ्चालन कवि राजु भट्टराईले गरेका थिए । फुसुन प्रकाशनले उक्त कवितासङ्ग्रह प्रकाशित गरेको थियोे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend