logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

आमाले दिइन् यसरी छोरोलाई जन्मदिनको उपहार ?


  • जन आकाश
  • सोमबार, साउन ७ २०८१

देवजङ्ग शाही
काठमाडौं । एउटा् दयनीय लाग्दो गाउँ थियो जहाँ मान्छेको बसोबास कमै थियो । त्यो गाउँमा आमाछोरा बस्थे बुवा भने छोरो सानो छदै यो संसार छोडेका थिए ।आमाले खेतीपाती गर्थिन र त्यहीँ कमाइले आफ्नो छोरालाई विद्यालय पढाउनु हुन्थ्यो । एक दिनको कुरा हो त्यो छोराले आफ्नी आमालाई भन्यो आमा मेरो द्दण्औं जन्मदिनको उपलक्ष्यमा के उपहार दिनुहुन्छ ?



आमाले आँखा भरी आँसु निकाल्दै भनिन् तिम्रो जन्मदिन आयो भने घर भित्र एउटा् सानो बकस छ त्यही खोलेर हेर्नू बाबू त्यस भित्र तिम्रो उपहार भेटाउने छौँ ,अहिले नै मैले भनिदिए भने मजा आउदैन ।

आमाको कुरा सुने पछि छोराले मनमनै कुरा खेलाउदै आगन बाहिर गएर गालामा हात राख्यो र मनमा अनेकौं कुरा सोचेर बस्यो ।
केहि समयपछि छोरा बिरामी परेर आमाले अस्पताल लिएर जानूभएछ । चेकजाँच गरिसकेपछि आमालाई डाक्टरले भन्यो की तपाईंको छोराको किड्नी फेल भएको छ। छिटै नै उसको किड्नी फेर्नु पर्छ ।

छोरालाई लिएर आमा घर तिर फर्किन र एक हप्तापछि आफै बिरामी परिन ।आमाको पनि एउटा् किड्नी फेल भएको थियो ।कतै किड्नी नभेटेपछि आमा यो संसारमा रहिनन् । उसको जन्मदिन नआउदै आमाको मृत्यु भयो तर आफ्नो किड्नी पनि फेल भएको छ भन्ने कुरा उसलाई थाहा नै थिएन।

केही समय पछि उसको जन्मदिन आयो उसले आमाले भनेको कुरा झलक सम्झियो र हतारहतार घर भित्र गएर बकस खोल्यो , एउटा् चिठी भेटायो। त्यो चिठी भित्र यस्तो लेखिएको थियो ।

सर्वप्रथम जन्मदिको शुभकामना छोरा
मेरो मुटुको टुक्रा यदि यो चिठी पढिरहेको छस्
भने त ठिक भएको होलास् ,तलाइ थाहा छ
जब त बिरामी परिस् ,
तब मैले तलाई अस्पताल लिएर गएको थिए
डाक्टरले भन्नुभयो,
तपाईंको छोराको किड्नी फेल भएको छ
तब त्यो दिन म धेरै रोएको थिए
पछि मेरो पनि किड्नी एउटा फेल भएको थियो
अनि मैले आफै फैसला गरेकी,
मेरो किड्नी तलाई दिन्छु र तेरो ज्यान बचाउछु।
याद छ एकदिन तैले भनेको थिइस् नि, ।

आमा मेरो २०औं जन्मदिनको उपलक्ष्यमा के उपहार दिनुहुन्छ त्यसैले छोरा मैले मेरो किड्नी दिरहेको छु यसलाई सम्हालेर राख्नु। फेरि पुनस् जन्मदिनको शुभकामना छोराूआमाको चिठी पढिसके पछि आँखा भरी आँसु निकालेर चिठीपत्र भरी आफ्ना आँसु खसाल्यो ।

आमा भन्दा ठूलो दिल यो संसारमा कसैको छैन् छोरा बचाउन कै निम्ति आज यो कथामा आमाले संसार छोडेकी छन् । आमा आफु आफ्नो सन्तानका लागि मर्छिन।आमाले गरेको संघर्ष नबुझेर आज कयौं आमाहरु वृद्धाआश्रममा एक्लै मायाबाट बन्चित भएकी छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend