logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

एडुसन्जाल र आइएमई पेबीच साझेदारी


  • जन आकाश
  • मंगलबार, साउन ८ २०८१

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट “आइएमई पे” र शैक्षिक पोर्टल, एडु सन्जाल बिच  एक्सक्लुसिव पेमेन्ट पार्टनरसिपको सम्झौता भएको छ।



यी दुई संस्थाबिच भुक्तानी तथा अन्य अफरहरूको साझेदारी भएको हो । साझेदारी पश्चात् पहिलो दुई सय विद्यार्थीहरूले आइएमई पे एप मार्फत एक रुपैयाँमा एडु सन्जालले प्रदान गर्दै आएको  एलएमएस-बेस्ट सिम्याट कोर्समा भर्ना हुन सक्ने छन् ।

यसको  अतिरिक्त एडु सन्जालबाट प्राप्त हुने  रेफरल कोड प्रयोग गरी “आइएमई पे” एपमा साइन-अप गरेका विद्यार्थी प्रयोगकर्ताहरूले यस एपमा सञ्चालन हुने  “आइएमई ” नामक साप्ताहिक प्रतियोगितामा भाग लिन र प्रोमोकोड जित्ने मौका पनि प्राप्त गर्न सक्ने छन् ।

साथै आउने दिनहरुमा आइएमई पे एपमा नयाँ अनबोर्ड हुने विद्यार्थीहरूलाई लक्षित गरी आइएमई पे एप मै विभिन्न अफर र प्रतियोगिताहरू उपलब्ध हुनेछ । यस सम्झौताबाट डिजिटल प्लेटफर्म मार्फत शिक्षाको लाभ उठाउन सकिने  र डिजिटल वालेटको प्रयोगको लागि थप प्रयोगकर्ताहरू आकर्षण गर्न मद्दत मिल्ने छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend