जन आकाश
काठमाडौं– पुनम घिमिरेद्धारा लिखित दृढ पाइला उपन्यास सार्वजनिक भएको छ । काठमाडौको कमलादीस्थित प्रज्ञा प्रतिष्ठान लेखनाथ सदनमा यहि मिति २०८१ साल साउन १२ गते नेपाली लेखक संघका अधयक्ष बिसी कुमार केसीको सभापतित्वमा वरिष्ठ साईत्यकार बेन्जु शर्माको प्रमुख अतिथिमा कार्यक्रम भएको हो । बिशेष अतिथिको रुपमा आएका गोकणेश्वर नगरपालिकाका मेयर दिपक रिसालले साहित्यकाररुको लागि छुट्टै एउटा समिति नै बनाएर काम गरिराखेको र आफ्नो पालिका भित्रका नागरिकले कृति प्रकाशन गरेको खण्डमा २५ हजार सम्मको सहयोग गर्ने बचन दिएका थिए ।
अतिथिकै रुपमा आएकाम डा. सैलेन्दु प्रकाश नेपाल, डा. ज्ञानु अधिकारी, सुशिला पौडेल लगायतले पुनम घिमिरेद्धारा दृढ पाइला उपन्यासको वारेमा समिक्षा, समिक्षक गरका थिए । कार्यक्रममा स्वागत मन्तव्य गणेश भट्टले गरेका थिए ।
कार्यक्रम सब्य रुपमा सम्पन्न भएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend