logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

अदृश्य हावा, कवि निद्रा देउजा राजवंशी


  • जन आकाश
  • मंगलबार, साउन १५ २०८१

अदृश्य हावा



फूल हाँसिरहेकै छन्
खोलाहरु बगिरहेकै छन्
हावा चलिरहेकै छ
आकाश खुलिरहेकै छ
घाम लागिरहेकै छ
न रातले अध्यारो हुन बिर्सिएको छ
न दिनले उज्यालो हुन बिर्सिएको छ
सबै चलिरहेका छन् आफ्नै लयमा  ।

तर,
रोकिएको छ मान्छेको गति
सुस्ताएका छन् मान्छेहरु
बन्द भएको छ मान्छेको आवाज
बम र बन्दुकसँग लड्ने पाखुरीहरु
डराएको छ उज्यालोसँग
र, बन्दी भएका छन् घरभित्र ।

सुनसान देखिन्छ सडक
सन्नाटा देखिन्छ सबैतिर
गाडीहरू कुददैनन् सडकमा
मान्छेहरु हिँड्दैनन बाटोमा
पसलहरु खुलेको छैन
बजारहरु चलेको छैन
मान्छे देखेर मान्छे भागिरहेछन्
शुन्यतामा हराएको छ,
समग्र सभ्यता
र, अदृश्य हावा फैलिरहेछ विश्वमा ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend