logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

झ्याउरे छन्द कविता लेखनकी अभियन्ता तथा पत्रकार रेणुका भट्टराईको खण्डकाव्य ‘मञ्जरी’ लोकार्पण


  • जन आकाश
  • शुक्रबार, साउन १८ २०८१

–जयराम बिडारी
काठमाडौं– नेपाली लोक पहिचानको रुपमा परिचित झ्याउरे छन्द र लयमा कविता लेखनकी अभियन्ता पत्रकार तथा साहित्यकार रेणुका भट्टराईको ‘मञ्जरी’ खण्डकाव्यको दोस्रो संस्करण लोकार्पण गरिएको छ ।



काव्य घर नेपालको आयोजनामा बौद्ध रामहिटी स्थित साहित्य सदनमा आयोजित उक्त कार्यक्रम सुसम्पन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्य तथा काव्य घर नेपालका अध्यक्ष राजकुमार खड्गाको अध्यक्षतामा छन्द अभियन्ताद्वय प्रा.डा. रामप्रसाद ज्ञवाली डा.देवी नेपाल महाकाव्यकार सीता भट्टराई लगायत सयौंका संख्यामा समुपस्थितिमा पूर्व कुलपति गंगाप्रसाद उप्रेतीद्वारा व्यानर पढेर कार्यक्रमको समुद्घाटन गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि र अतिथिहरूले सामूहिक रूपमा कृतिको लोकार्पण गरेका थिए ।

स्रष्टा भट्टराईले २०५७ सालमा लेखेको काव्यको पहिलो संस्करण २०६१ सालमा प्रकाशन भएको थियो । दोस्रो संस्करण कृतिबारे बोल्दै महाकव्यकार सीता भट्टराईले एक सशक्त नारी हस्ताक्षर रेणुकाद्वारा करिव पच्चिस वर्ष अघि सृजित रचनाले आजसम्म आइपुग्दा समाजमा थुप्रै परिवर्तन भए पनि यस्को महत्व अझै रहेको उल्लेख गर्दै कृति सफलतका लागि शुभकामना दिएकी थिइन् ।

यसैक्रममा अर्का बक्ता र प्रा.डा.देवी नेपालले समिक्षात्मक टिप्पणी गर्दै आत्मस्वाभिमानमा बाँचेकी रेणुकाको काव्यचेत अत्यंत उर्वर रहेकोले भविष्यमा अझै सशक्त सृजनाको अपेक्षाकृत रहने बताउँदै कृति सफलताको शुभकामना दिएका थिए । उक्त कार्यक्रममा प्रा.जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’ प्रा.डा. रामप्रसाद ज्ञवाली अर्जुन ‘विरक्ती’ तथा प्रा.डा. हेमनाथ पौडेल, प्रा.डा. रामप्रसाद ज्ञवाली र अर्जुन ‘विरक्ती’ले शुभकामना मन्तव्य दिएका थिए ।

सो अवसरमा प्रमुख अतिथि पूर्व कुलपति गंगाप्रसाद उप्रेतीले संघर्षको बलमा नेपाली साहित्यिक आकाशमा क्रियाशील भट्टराईको काव्यकृति समयसापेक्षाता बोकेको कृति भएको बताए । सो अवसरमा लोकार्पित कृतिबाट जानुका भट्टराई, अधिकारी विमला, गङ्गा कर्माचार्य पौडेल र शान्ति पौडेलले सिर्जना वाचन गरेका थिए ।

लेखकीय मन्तव्य दिंदै भट्टराईले कृति रचना गर्भबारे प्रकाश पार्दै अभ्यागत सम्पूर्णलाई धन्यवाद दिएकी थिइन । उक्त अवसरमा स्रष्टा भट्टराईका पुत्ररत्न सुदृढ पोखरेलको ९औं जन्मदिन परेको अवसरमा प्रमुख अतिथि लगायत अतिथिहरुद्वारा टीका, खादा लगाई शुभकामना दिएका थिए । आयोजक संस्थाका अध्यक्ष राजकुमार खड्गाको अध्यक्षतामा भएको कार्यक्रमा अतिथि जलेश्वरी श्रेष्ठ, गंगा लिगल लगायत विशिष्ट साहित्यकार तथा पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रम साहित्यकार तथा सञ्चारकर्मी राजन न्यौपानेको सञ्चालन र इन्दु पन्तले स्वागत मन्तव्य राखेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend