logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सिमेन्ट उत्पादक संघको नयाँ कार्यसमिती चयन


  • जन आकाश
  • आइतबार, साउन २० २०८१

काठमाडौं । काठमाडौमा सम्पन्न नेपाल सिमेन्ट उत्पादक संघको २० औं साधारण-सभाबाट नयाँ कार्यसमिती चयन भएको छ ।



उक्त साधारणसभाबाट सर्वसम्मत रुपमा अध्यक्षमा रघुनन्दन मारु चयन भएका छन् भने उपाध्यक्षमा डा. ताराप्रसाद पोखरेल र विकास दुगड चयन भएका छन् त्यसै गरि महासचिवमा राजाराम खड्का र कोषाध्यक्षमा अरुणकुमार कर्ण चयन भएका छन् ।

तिन बर्षको नया कार्यसमितिको कार्यकाल हुने संधका सदस्यहरूमा निपेश तायल, शोभाकर न्यौपाने, तेन्जिङ लाक्देन तामाङ, आदित्य सांघई, विष्णु अग्रवाल, नन्दी केशर पौडेल, केशव प्रसाद उप्रेती, हुवांग सी जुंग र अनिल रुगंटा सर्वसम्मत भएका छन् । राजन कुमार झा संघको आमन्त्रित सदस्यमा सर्वसम्मत भएका छन् ।

यस्तै सल्लाहकारमा पुरुषोत्तमलाल संघई, पशुपति मुराराका र साहिल अग्रवाललाई मनोनित गरेको छ । नवनिर्वाचित अध्यक्ष मारुले सिमेन्ट उघोगमा देखिएका समस्याहरुको समाधान खोज्ने र सबै पक्षहरुलाई साथमा लिएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै चुन ढुङ्गा उत्खनन र विघुत बैकिङ्ल गायतका समस्या समाघानका लागि सबैलाई साथमा लिएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend