logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सुसेलि फाउन्डेसनको सुसेलि बाचन सम्पन्न


  • जन आकाश
  • आइतबार, साउन २० २०८१

काठमाडौ । राष्ट्रिय सुसेली फाउन्डेसन नेपालका अध्यक्ष दुर्गा अधिकारी भमरकोटेको सभापतित्व, मञ्चकि उपाध्यक्ष सुशीला ढकाल अधिकारीको संचालन र स्वागत मन्तव्यबाट सुरु भएको साउन विशेष सुसेली गायन कार्यक्रममा १७ जना  कवि साहित्यकारहरूको उपस्थितिमा सप्पन्न भएको छ।



साउन र वर्षा सम्बन्धि सुसेली गायनको क्रममा क्रमशः पवन बुढाथोकी, सुरेशचन्द्र घिमिरे, वासुदेव ठकुरी, चन्द्रा न्यौपाने, गंगा लिगल, कल्पना भट्टराई, विश्वनाथ ढुंगेल, विमल अर्याल, सुचिता काफ्ले, उत्तम भेटुवाल, रामशरण न्यौपाने, डिल्लीप्रसाद मूलतिहुन एवम् त्यस कार्यक्रमका विशिष्ट अथिती वरिष्ठ साहित्यकार तथा पुर्व सहायक रथी तेजप्रकाश बानियाँ र वरिष्ठ कवि कलानिधि दाहालले आ-आफ्ना साउन तथा समसामयिक सुसेलीहरू सुन्दर र लयात्मक ढंगले प्रस्तुत गर्नु भएको थियो ।

सुसेलीमा सम्रचनात्मक एकरुपता देखिनु पर्ने र संस्थाको आर्थिक पाटोलाई दरिलो बनाउँदै लैजानुपर्ने सुझाव सहित आउँदै गरेको तीजको झल्को दिने  कार्यक्रम अत्यन्तै सुन्दर र भव्य रहेको कुरा बताउँदै विशिष्ट अतिथिहरूले कार्यक्रमको प्रशंसा गर्नुभएको थियो ।

कार्यक्रमलाई बिट मार्दै फाउन्डेसनका अध्यक्ष दुर्गा भमरकोटेले तीज विशेष सुसेली कार्यक्रम गर्न महिला साथीहरूलाई अनुरोध गर्दै अब सुसेलीले औपचारिकता  पाएसंगै सबै साथीहरूलाई समेटेर आर्थिक पाटो पनि सबल बनाउँदै लगिने कुराको जानकारी गराउँदै आगामी भदौ १५ गतेको तीज विशेष कार्यक्रम भव्य बनाउन सबैमा अपिल गरेर सहभागी अतिथि कविहरूमा धन्यवाद दिँदै सभाको विसर्जन गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend