logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

सिमेन्ट उद्योग संघमा नयाँ कार्यसमिति


  • जन आकाश
  • आइतबार, साउन २० २०८१

काठमाडौं। नेपाल सिमेन्ट उत्पादक संघको अध्यक्षमा रघु नन्दन मारु सर्वसम्मत चयन भएका छन्। शनिबार सम्पन्न संघको २०औं साधारण सभाले मारुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। कार्यसमितिको कार्यकाल तीन वर्षको हुने छ ।



संघको उपाध्यक्षमा डा. ताराप्रसाद पोखरेल र विकास दुगड चयन भएका छन्। यस्तै, महासचिवमा राजाराम खड्का, कोषाध्यक्षमा अरुणकुमार कर्ण सर्वसम्मत भएका छन्।

संघको सदस्यहरूमा निपेश तायल, शोभाकर न्यौपाने, तेन्जिङ लाक्देन तामाङ, आदित्य संघई, विष्णु अग्रवाल, नन्दी केशर पौडेल, केशव प्रसाद उप्रेती, हुवांग सी जुंग र अनिल रुगंटा सर्वसम्मत भएका छन्। राजन कुमार झा संघको आमन्त्रित सदस्यमा सर्वसम्मत भएका छन्।

यस्तै संघको सल्लाहकारमा पुरुषोत्तम लाल संघई, पशुपति मुरारका र साहिल अग्रवाललाई मनोनीत गरिएको छ। नवनिर्वाचित अध्यक्ष मारुले सिमेन्ट उद्योगमा देखिएका समस्या समाधानका लागि सबै पक्षलाई साथमा लिएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

चुनढुङ्गा उत्खनन्, विद्युत्, बैंकिङलगायतका समस्या समाधानका लागि सबैलाई साथमा लिएर अघि बढ्ने प्रतिबद्धता उनले जनाएका छन्।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend