logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

“आइएमई पे” मा पैसा पठाउँदा रु एक हजार सम्म क्यास ब्याक


  • जन आकाश
  • सोमबार, साउन २१ २०८१

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले विदेशबाट पठाएको रकम आइएमई पे वालेटमा प्राप्त गर्दा ग्राहकहरुलाई रु एक हजार सम्म क्यास ब्याक प्रदान गर्ने अफर सार्बजनिक गरेको छ ।



अफर अन्तर्गत सेवाग्राहीहरुले विदेशबाट आइएमई पे वालेटमा पठाएको पैसा आइएमई पे एप प्रयोगकर्ताहरूले जुनसुकै समयमा नेपालमा प्राप्त गर्दा रु एक हजार सम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।

यथावत रहिरहेको आइएमई गरौँ,करोडपति बनौँ  योजनालाई थप परिस्कृत गर्दै बम्परमा एक करोड र हरेक महिना एक लाख बाहेक अब हरेक कारोबारमा समेत क्यास ब्याक अफर सार्बजनिक गरिएको छ ।

सेवाग्राहीहरुको उत्साह तथा हितको लागि बेला बेलामा विभिन्न अफर सार्बजनिक गर्दै आएको आइएमई पे ले यस अघिको योजनामा प्रयोगकर्ताहरुको उल्लासमय सहभागिता र ग्राहक वर्गको अनुरोधलाई ध्यानमा राखेर यो योजना सार्बजनिक गरिएको बताइएको छ ।

आइएमई पे वालेटमा प्राप्त गरेको रकममा ब्याज प्राप्त गर्नुको साथै ग्राहकवर्गले जुनसुकै समयमा घरै बसेर सजिलै घरायसी बिल भुक्तानी गर्न , फ्लाइट टिकट खरिद गर्न , मोबाइल रिचार्ज गर्न साथै सबै प्रकारको बीमा नविकरण तथा थुप्रै सेवाहरुको सहजै भुक्तानी गर्न सक्नेछन् र आफ्नो वालेटमा रहेको रकम आवश्यकता अनुसार बैंक खातामा समेत पठाउन सक्नेछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend