logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

ग्लोकल टीन हिरो नेपालको १०औं संस्करण अन्तर्गत, ग्लोकल २० अन्डर २० को घोषणा


  • जन आकाश
  • सोमबार, साउन २८ २०८१

काठमाडौं । आज ग्लोकल टीन हिरो नेपाल १०औं संस्करणमा आवेदन दिने प्रतिभावान किशोर किशोरीबाट उत्कृष्ट २० घोषणा गरिएको छ ।



ग्लोकल टिन हिरोले विगत एक दशकदेखि शैक्षिक क्षेत्र बाहेक किशोरकिशोरीहरूमा रहेको प्रेरणा र उत्साहलाई उजागर गर्दै, उनीहरूको समाजमा गरेको प्रभावकारी कार्र्य र अद्वितीय प्रतिभालाई पहिचान गराउन एक मञ्च प्रदान गर्दै आएको छ ।

ग्लोकल टिन हिरो नेपालले १३ देखि १९ वर्षका कशोरकिशोरीहरूको पहल, सिर्जनशीलता र उत्साहलाई गहिरो रूपमा मान्यता दिँदै, उनीहरूलाई स्थानीय र वैश्विक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सशक्त बनाउँदै आएको छ ।

देशभरिबाट आएको ७०९ आवेदनबाट मूल्याङ्कनको सम्पूर्ण प्रक्रिया मार्फत २०२४ को लागि उनीहरूले उपलब्ध गराएको जानकारी, प्रभावकारी कार्य विवरणहरू र अन्तर्वार्ताको आधारमा ग्लोकल २० अन्डर २० चयन गरिएको छ ।

२०अन्डर२० किशोर किशोरीहरूले विज्ञान, स्वास्थ्य कार्यकर्ता, उद्यमशीलता, बाल अधिकारकर्मी, वातावरणविद्, एआई विज्ञान अनुसन्धान जस्ता विविध क्षेत्रमा काम गरेर सकारात्मक सन्देश प्रवाह गरिरहेका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend