logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

नेपाल टेलिकम हुम्लाको सदरमुुकाम सिमकोटमा एफटीटीएच (फाइबर टु द होम) उपलब्ध


  • जन आकाश
  • आइतबार, भाद्र २ २०८१

काठमाडौं । नेपाल टेलिकमले हुम्लाको सदरमुुकाम सिमकोटमा एफटीटीएच (फाइबर टु द होम) प्रविधिमार्फत एनटी फाइबर सेवा उपलब्ध गराएको छ ।



सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित एक कार्यक्रममा सञ्चार तथा सूूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले भर्चुुअल रुपमा सो सेवाको शुुभारम्भ गरे। यससँगै नेपाल टेलिकमको एनटी फाइबर नेपालका सबै जिल्लामा पुगेको छ ।

सो अवसरमा मन्त्री गुरुङले डिजिटल नेपाल बनाउने अभियानमा सरकार लागेको र नेपालका सबै स्थानीय निकायका कार्यालय सम्म दूरसञ्चार सेवा पु¥याउने कार्यका लागि नेपाल टेलिकमले महत्वपूर्ण भूमिका खेल्ने बताए । सरकारको एक महत्वपूर्ण कदमको रुपमा देशका ७७ वटै जिल्लामा फाइबर सेवा पुगेको र यसबाट आगामी दिनमा अझै महत्वपूर्ण उपलब्धि हासिल हुने अपेक्षा बताए । यो महत्वपूर्ण उपलब्धिका लागि मन्त्री गुरुङले नेपाल टेलिकमलाई धन्यवाद प्रदान गरे  ।

नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले कम्पनी र सरकारका लागि यो महत्वपूर्ण दिन भएको बताउँदै सेवा उपलब्ध गराउने कार्यमा सहयोग पु¥याउनु हुने जनप्रतिनिधि र कर्मचारी सबैलाई धन्यवाद प्रदान गरे  । आगामी दिनमा समेत सेवालाई अझै प्रभावकारी बनाउनका लागि उहाँले सबैको सहयोगको अपेक्षा गरे  ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले पहिले कपर प्रविधिबाट इन्टरनेट सेवा उपलब्ध भइरहेकोमा अब अन्य जिल्लामा जस्तै हुम्ला जिल्लामा पनि फाइबरबाट इन्टरनेट सेवा उपलब्ध हुने र सेवामा पनि स्तरोन्नति हुने बताए  । कर्णालीका विकट जिल्लाहरुमा समेत नेपाल टेलिकमले आफ्नो स्रोत, साधन र सम्भाव्यताका आधारमा सेवा विस्तार गरिरहेको र यस्ता स्थानमा सोलारबाट समेत सेवा सञ्चालन गरेको बताए । आगामी दिनमा सडक र विद्युतको पहुँचसँगै सेवाको गुणस्तरमा समेत स्तरोन्नति हुने  बताए ।

सो अवसरमा नेपाल टेलिकमका प्रबन्धक मिलन श्रेष्ठ, कर्णाली प्रदेश प्रादेशिक निर्देशनालयका निर्देशक उमेश प्रसाद साह र दू.सं.का. सुर्खेतका कार्यालय प्रमुख बरिष्ठ इन्जिनियर सुष्मा गौतमले हुम्ला र समग्र कर्णाली प्रदेशमा नेपाल टेलिकमको सेवा वारेमा जानकारी प्रदान रेका थिए ।

कार्यक्रममा हुम्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य छिरिङ डम्डुल लामा र अन्य जनप्रतिनिधिहरुका साथै मन्त्रालय र नेपाल टेलिकमका उच्च पदस्थ अधिकृतहरुको समेत सहभागिता रहेको थियो ।

हाल हुम्लामा उपलब्ध गराइएको एनटी फाइबर सेवामार्फत साविकमा उपलब्ध हुँदै आएको एडीएसएल सेवाको तुलनामा थप गुणस्तरीय सेवा उपलब्ध हुनेछ । आगामी दिनमा बढी क्षमताको इन्टरनेट, टेलिफोन र टेलिभिजन सुविधा उपलब्ध हुनेछ ।

यससँगै देशका ७७ वटै जिल्लामा एफटीटीएच प्रविधिमार्फत एनटी फाइबर सेवा उपलब्ध भएको छ । देशको दूरसञ्चार विकासमा यो एक महत्वपूर्ण कदम हो ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend