logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

दोरम्बा शैलुङ गाउँपालिमा भीषण पैरोमा परी (छ) जनाको मृत्यु चारजना वेपत्ता एक घाइते, खोजी कार्य जारी


  • जन आकाश
  • आइतबार, भाद्र ९ २०८१

मोहन कार्की ।



टोकरपुर । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वाडन ३ लेखखर्क भन्ने स्थानमा ८ गते राति आएको भीषण बाढी–पैरोले (छ) जनाको ज्यान लिएको छ । एकजना घाइते अवस्थामा उद्धार गरी दोरम्बा शैलुङ गाउपालिकाकै अस्पतालमा उपचार भईरहेको र आठ जना हराईरहेको मध्य चारजनाको थप लास प्राप्त भएको जम्मा मृत्यु हुनेको संख्या छ जना पुगेको प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जानकारी दिएकी छन् ।

प्रमुख जिल्ला अधिकारी अनिता निरौलाका अनुसार जिल्ला सूरक्षा समन्वयका सवै पदाधिकारीहरु उद्धार टोलीमा बाटोमा जाने क्रममा रहेको बताएकी छन् भने पैरो प्रभावित क्षेत्रमा आसपासका सुरक्षाकर्मी, स्थानीयहरुले उद्धार र खोजी कार्य गरिराखेकाछन् हामी पनि जादैछौ भनिन् । मृतकहरुको नाम भने उनि आफैलाई पनि प्राप्त नभएको पछि एकिन भएपछि जानकारी दिने प्रमुख जिल्ला अधिकारी निरौलाले बताइन ।

आठ गते राति १०ः३० मा आएको पैरोले लेखखर्क पहरी बस्ती पुरै बगाएको छ । अहिले खोजी कार्य जारी छ । स्थगत रुपमा पुगेका दोरम्बा शैलुङ गाउँपालिकाका कर्मचारी नविन पाठकका अनुसार पैरोमा परेकाहरुको जिवितै उद्धार हुने सम्भावना कम रहेको बताएका छन् ।

पैरोको अवस्था हेर्दा पनि त्यस्तै देखिन्छ । वेलुका साँझदेखि निरन्तर रुपमा परेको पानीले ल्याएको बढी र पैरोले बगाएका मानिस पुरिएका ठाउँहरुमा तत्कालै उद्धार गर्न सक्ने अवस्था थिएन तर विहान झण्डै आठ घण्टाको अन्तरालमा पुरिएका वा बगाएका मानिस जिवित्तै हुने सम्भावना कमै हुन्छ । तर जिवितै उद्धार हुन भनि हामी कामना गर्दछौ ।

फाेटाेः नविन पाठक

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend