logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

बाल तथा स्त्री इशान अस्पतालले २९ वार्षिकोत्सव मनायो


  • जन आकाश
  • सोमबार, भाद्र १० २०८१

काठमाडौ। काठमाडौको बसुन्धरामा रहेको इशान बाल तथा महिला अस्पतालले आफनो २९औं बार्षिकउत्सव सम्पन्न गरेको छ । बालबालिकाको क्षेत्रमा नीजि क्षेत्रकै उत्कृष्ठ अस्पतालको रुपमा परिचित इशानले आइतबार पत्रकार सम्मेलन गर्दै २९ औ बार्षिकोत्सव मनाइरहँदा विरामीहरु, विरामीका आफन्तजन र जनमानसले अस्पतालका सेवाहरु विश्वास गरी काम गर्ने मौका दिएकोमा धन्यवाद ज्ञापन गरेको छ ।



विस २०५२ सालमा कृष्णाष्टमीका दिन १५ बेडबाट सुरु भएको  अस्पतालले अहिले आफनो सेवा र क्षेत्र विस्तार गर्दै एक सय बेडको सुविधा सम्पन्न अस्पताल बनाउन सफल भएको अस्पतालका निर्देशक प्राडा रामनन्दन प्रसाद चौधरी प्रेस विज्ञप्ती जारी गर्दै बताए ।

अस्पतालमा आकस्मिक विभागमा २४ घन्टा नै पेडियाटिक विशेषज्ञ रजिष्टारहरुबाट नवजात तथा बाल रोग, नवजात तथा बाल सर्जरी, महिला तथा प्रशुती हाडजोर्नी सम्बन्धमा सेवाहरु उपलब्ध रहेको डा चौधरीले बताए ।

उनले अस्पताल आफनै नयाँ सुविधा सम्पन्न अस्पतालमा सरेर समय सापेक्ष सुविधाहरु तथा क्षमता वृद्धि गर्दै नवजात तथा बाल सघन उपचार कक्ष सेवाहरु, एम्बुलेन्स, प्याथोलोजी, अल्टासाउण्ड, एक्स रे, फार्मेसी तथा क्यान्टेन सेवाहरु विस्तार गर्दै लगेको बनाए ।

पत्रकार सम्मेलनमा बोल्दै डा चौधरीले अस्पतालमा पटक पटक नवजात तथा बाल शब्लयरोग तथा बाल युरोलोजी सम्बन्धी जडिल भन्दा जटिल शल्यक्रियाहरु भइरहेको जानकारी दिए ।

अस्पतालको त्यस्तै सह्रायिनक कार्यले गर्दा भारत तथा बंगलाशदेशबाट समेत आएका बच्चाहरुको सफल शल्यक्रिया भएको उनले बताए ।

अस्पतालका निर्देशक प्राडा रामनन्दन प्रसाद चौधरीले अस्पतालले विभिन्न बैंक, इन्सायेरेन्स सहित टोखा तथा बुढानिलिकण्ठ नगरपालिका परिशरका धेरैजसो विद्यालयसँग छुट सेवा उपलब्ध गराउन सम्झौता भएको बताए ।

सामाजिक उत्तरदायित्व बहन गर्ने हिसावले कतिपय अवस्थामा निशुल्क शेवा पनि दिइदैँ आएको उनले सुनाए । हाल अस्पतालमा ८७ जना विभिन्न बिषयका बरिष्ठ विशेषज्ञ सहित बाल रोग तथा बाल शल्यक्रिया, महिला तथा विभिन्न विषयका सुपर स्पेशिलिष्ट र मलटीस्पेस्लिट विशेषज्ञ सेवाहरु दिइरहेको बताए ।

उनले ईशान अस्पताल अहिले बिरामी र वातावरणमैत्री भएको समेत बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend