जन आकाश
काठमाडौ । राष्ट्रिय सुसेली फाउन्डेसनले यही भदौ १५ गते प्रारम्भिक साधारणसभा तथा तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । ” सुसेली” प्रवर्तक/अभियन्ता दुर्गा अधिकारी भमरकोटेको संयोजन/व्यवस्थापनमा सुसेली फाउन्डेसनकी उपाध्यक्ष सुशीला ढकाल अधिकारीको सभापतित्व, साहित्यकार गङ्गा कर्माचार्यको प्रमुख आतिथ्य, संस्थाकि संरक्षक गङ्गा लिगल, सल्लाहकार चन्द्रा न्यौपाने, नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सदस्य कौशिला रिसालको विशिष्ट आतिथ्यता र निबन्धकार मदन पुरस्कार विजेता युवराज नयाँघरे, प्रा.डा शैलेन्दु नेपाल, वरिष्ठ कवि कलानिधि दाहाल, कपन बानेश्वरका प्रबन्धक तथा प्रधान सम्पादक निबन्ध आचार्य, जन आाकाश मिडियाका प्रधान सम्पादक मोहन कार्की, नोवेल साकोसका संस्थापक अध्यक्ष राजन न्यौपाने, बुनपा १० का वडा अध्यक्ष नवराज भट्टराई, नेपाली लेखक संघ काठमाडौंका अध्यक्ष बिसु कुमार केसी, विश्व नेपाली साहित्य महासंघका केवी पौडेल, सुसेलीका महासचिव दामोदर ढकाल दिपक, कोषाध्यक्ष कृष्ण केसी, सुसेलीका अन्य पदाधिकारी लगायत एक सय भन्दा धेरै सुसेली प्रेमी स्रष्टाहरूको उपस्थिति रहेको थियो।
सुसेलीका नारी स्रष्टाहरूले लामो समय सुसेली वाचनसँगै पुरुषसमेतलाई मिसाएर हर्षोल्लासमय वातावरणमा कपन मिलन चोक पञ्चकुमारीमा रहेको मिलनचोक पार्टी भेन्युको सभाहलमा सुसेली गायनका साथको नृत्यलहरमा छम्छमाएका दृश्य हेर्नेहरूले उत्साहप्रद तवरमा ताली पिटेर साथ दिएका थिए ।
यसैगरि यो कार्यक्रम साधारणसभा सँगै जोडिएकोले फाउन्डेसनको आर्थिक जानकारी कोषाध्यक्ष कृष्ण केसीले प्रस्तुत गर्नुभएको थियो भने स्वागत मन्तव्यका साथ कार्य समिति सदस्य सुमित्रा श्रेष्ठको सुसेली वाचन बाट सुरु भएको थियो। कार्यक्रमको उद्घाटन गमलाको बिरुवामा पानी हालेर प्रमुख अतिथि गंगा कर्माचार्यले सुरु गर्नुभएको थियोे र कार्यक्रमको बारेमा महासचिव दामोदर ढकालले प्रष्ट पार्नु भएको थियो । साधारणसभा तर्फको बैठकको अध्यक्षता फाउन्डेसनका अध्यक्ष भमरकोटेले गर्नुभएको थियो ।
सय भन्दा धेरैको संख्यामा उपस्थिति रहेको यो हरितालिका तीजको कार्यक्रममा संस्थाका सल्लाहकार द्वय डा. शैलेन्दुप्रकाश नेपाल र चन्द्रा न्यौपाने, निबन्धकार मदन पुरस्कार विजेता युवराज नयाँघरे, साहित्यकार तथा संस्थाकी संम्रक्षक गंगा लिगल, नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सदस्य कौशिला रिसालले शुभकामना दिनुभएको थियो । अन्य सबैले सुसेली गाएर र नाचेर साथ दिनुभएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend