logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

कविता


  • जन आकाश
  • मंगलबार, भाद्र १८ २०८१

रामचन्द्र खड्का ।



आउनुस सबै मिलिजुली मनाउनुछ तिज
महान चाड खुसी साटी जनाउनु छ तिज

कहिले जाने भेटघाट गर्न दिदिहरु माईत
जुराउनु घरमा सल्लागरी जानलाई साईत

काम मात्र कति गर्नु दर खान जाउ साथि
नजानेलाई पनि लानुपर्छ कर लाउ साथि

दुख भुलाई हामि पनि नाचौ कम्मर भाची
खर्च पनि राख्नुपर्यो दर खानलाई साची

सबै हामि एउटै हौ काटे रगत आउछ
मिलिजुली बसेमात्र चाडले खुसी छाउछ

पुर्ब पश्चिम माइतिघर चढि जाने रेल
खानुपर्छ मिठा मिठा पकाई घरमा सेल

मनमा रिस नराखेर खुसी भई जानुपर्छ
आमाको काखमा रमाई दर खानुपर्छ ।।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend