logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

SCT ले ल्यायो तिर्की दाउ (TRIAL Offer) रु ७७७ सम्म क्यासब्याक


  • जन आकाश
  • बुधबार, भाद्र १९ २०८१

काठमाडौँ । नेपालीहरुको महान पर्व हरितालिका तीज, बडा दशैं तथा शुभ दीपावलीलाई लक्षित गरेर स्मार्टचोइस टेक्नोलोजीज लिमिटेड (SCT) ले “तिर्की दाउ (TRIAL Offer) सार्वजनिक गरेको छ।



यस, अफर अन्तर्गत SCT–UPI– डेबिट कार्ड प्रयोगकर्ताले कुनै पनि खरिदमा POS मार्फत विद्युतीय कारोबार गर्दा रु ७७७ सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन्। हालसम्म SCT–UPI डेबिट कार्ड नलिएका ग्राहकले कार्ड जारी गर्न SCT संग आवद्ध बैंक तथा वित्तिय संस्थाहरुमा गएर प्राप्त गर्न सक्नेछन्।

ग्राहकले यस अवधिमा ६ महिनादेखि प्रयोगमा नल्याएको SCT–UPI डेबिट कार्ड प्रयोग गरेमा रु १११ को क्यासब्याक र सबै प्रयोगकर्ताले तीन वा सोभन्दा धेरैपटक कारोबार गर्दा रु ३३३ क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

साथै, सात वा सो भन्दा धेरैकारोबार गर्दा रु ७७७ क्यासब्याक पाउन सक्नेछन्। हरेक कारोबारको रकम ५०० वा सोभन्दा धेरै हुनपर्नेछ र एउटै टर्मिनलबाट दिनको एकपटकको कारोबार मात्र अफरका लागि मान्य हुनेछ ।

साथै, भारतमा पनि नेपाली रुपैया २५०० वा सोभन्दा धेरैको कारोबार गरेको खण्डमा नेपाली रुपैया २५० को क्यासब्याक प्राप्त गर्न सक्नेछन् । अफरको विस्तृत विवरण र सर्त तथा वन्देजहरु SCT को आधिकारिक वेबसाइटमा पाउन सकिनेछ । यो अफर यहि सेप्टेम्बेर १ देखि अक्टोबर ३१ सम्म लागुहुने छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend