logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

एन्फा महिला लिगमा कोशी प्रदेशको लगातार दोस्रो जित


  • जन आकाश
  • बिहिबार, भाद्र २० २०८१

काठमाडौं । एन्फा महिला लिगमा कोशी प्रदेशले लगातार दोस्रो जित निकालेको छ।



एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा कोशीले बामगती युथ क्लबलाई २-१ गोलले पराजित गर्‍यो । खेलमा अग्रता भने बागमती युथ क्लबले लियो । बागमतीका लागि विष्णुमाया बलले २६ मिनेटमा गोल गरिन्। ‍

२९ मिनेटमा कोशीले बराबरी गोल फर्कायो। कोशीका लागि समिक्षा मगरले बराबरी गोल गरिन्। ५५ मिनेटमा बामगतीले आत्मघाती गोल गर्दा कोशीलाई फाइदा पुग्यो। बागमतीकी दिव्या मगरले आत्मघाती गोल गरेपछि कोशी २-१ गोलले अघि बढेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend