logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

नेपाल सरकारले सामाजिक सञ्जाल टिकटकमा लगाएको प्रतिबन्ध हटायो


  • जन आकाश
  • शनिबार, भाद्र २२ २०८१

काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक (TikTok)  माथि लगाएको प्रतिबन्ध हटाएको बिषयमा नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको सार्वजनिक सूचनाको आधारमा नेपाल टेलिकमले टिकटकको प्रयोग र पहुँचमा लगाइएको रोक हटाएको छ ।



नेपाल सरकारले टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परेको भन्दै २०८० कार्तिक २७ गतेबाट सामाजिक सञ्जाल टिकटकमाथि रोक लगाउने निर्णय गरेकोमा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१/०५/०६ को निर्णयबाट प्रतिबन्ध फुकुवा गरिएको हो ।

टिकटकको प्रयोग र पहुँचमा लगाइएको रोक हटेसँगै अब नेपाल टेलिकमका सेवाग्राहीले सहज तवरले उक्त सामाजिक सञ्जाल प्रयोग गरी लाभ लिन सक्ने कम्पनीको विश्वास रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend