जन आकाश
काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणहरुलाई जारी गर्न लागेको २२,५०,००० कित्ता साधारण शेयरको प्रति शेयर अङ्कित मूल्य रु. १००/- का दरले कुल रु. २२,५०,००,०००/- (अक्षरेपी बाइस करोड पचास लाख रुपैयाँ मात्र) को खरीद प्रत्याभुति सेवाको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लि. तथा नबिल ईन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।
आज एक कार्यक्रमका बिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लि.का तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल, नबिल ईन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोकाले उक्त शेयर प्रत्याभुित प्रदान गर्ने सम्बन्धि त्रिपक्षिय सम्झौता पत्रमा हस्ताक्षर गरे ।
नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । यसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानि ब्यबस्थापन सेवा, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सेवा, धितोपत्र खरिद प्रत्याभुति सेवा, हितग्राही खाता सञ्चालन सम्बन्धी सेवा, संस्थागत परामर्श सम्बन्धी सेवा तथा शेयर रजिष्ट्रार सम्वन्धि सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लि. सुदुरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लाको धनगढीमा मुख्य कार्यालय स्थापना गरि नेपाल बिमा प्राधिकरणबाट बिमा ऐन २०७९ तथा बिमा नियमावली २०४९ बमोजिम मिति २०७९/१२/२८ गते इजाजत प्राप्त गरि मिति २०८०/०३/३१ गते देखि सम्पत्ति बिमा, घर (आवास) बिमा, दुर्घटना बिमा, मोटर बिमा, स्वास्थ्य बिमा लगायतका लघु निर्जीवन बीमा सम्बन्धि सेवा ललितपुर, गुसिङ्गलमा रहेको प्रादेशिक कार्यालय सहित आफ्ना देश भरि छरिएका ३ शाखा, ११ उप–शाखा तथा १४ विस्तारित (एक्सटेन्सन) शाखा कार्यालयहरु मार्फत प्रदान गर्दै आइरहेकोछ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend