जन आकाश
काठमाडौँ । चर्चित शृङ्खला ‘सक्किगोनि’ टिमले निर्माण गर्ने फिल्म ‘लाज शरणम्’को छायांकन सुरु भएको छ । डोल्पा जिल्लास्थित ठूलीभेरी नगरपालिकाको दूरगाउँबाट शनिबारदेखि फिल्मको छायांकन सुरु भएको हो ।
फिल्मका मुख्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ र विजय बरालले फिल्मको लागि पहिलो सट दिए । कुमार कट्टेल ‘जिग्री ब्रो’को निर्देशन रहने फिल्म डोल्पामा ४० दिनसम्म छायांकन हुनेछ । दसैँअघि काठमाडौँमा पनि छायांकन गरिने निर्माण टिमको योजना छ ।
मुकुन्द श्रेष्ठ, विजय बराल, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, माला लिम्बुसँगै सक्किगोनि टिमबाट अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), बबिन राराई (गल्फने बाजे), रामभजन कामत, कमलमणी नेपाल (खुपीका बाउ) लगायतका कलाकारको अभिनय फिल्ममा रहनेछ ।
फिल्ममा सुदीप बराल छायांकारका रुपमा रहेका छन् । जेपिटी क्रियसनको ब्यानरमा निर्माण हुने फिल्म फागुन १४ गते महाशिवरात्रिको अवसरमा नेपालभर रिलिज हुनेछ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend