logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

ब्लाक एण्ड डेकरको “बिगर सेलिब्रेसन्स् बिगर जोयस्” योजना सार्वजनिक


  • जन आकाश
  • बिहिबार, भाद्र २७ २०८१

काठमाडौं । नम्बर १ अमेरिकन ब्रान्ड ब्लाक एण्ड डेकरले यो दशै-तिहार पर्वलाई लक्षित गरी  सेलिब्रेसन्स्, बिगर जोयस् नामक योजना सार्वजनिक गरेको छ।



यो योजना अन्तर्गत ग्राहकहरुले ब्लाक एण्ड डेकरको साना होम एप्लायन्सहरुको खरिद गर्दा स्योर सट उपहार प्राप्त गर्नेछन। यस योजनामा स्योर सट उपहार स्वरुप ग्राहकहरुले ब्लाक एण्ड डेकरको ओ.एफ.आर हीटरको खरिदमा केटल प्राप्त गर्न सक्नेछन भने एयर फ्रायर, माइक्रोवेभ ओभन, ओ.टी.जि ओभन, ई-प्रेसर कुकर र भ्याकुम क्लिनर लगायतका उपकरणहरूको खरिदमा कफी मग उपहार प्राप्त गर्न सक्नेछन ।

साथै, एयर ह्युमिडिफायरको खरिदमा अरोमा किट उपहार प्राप्त गर्न सक्नेछन । ब्लाक एण्ड डेकरको आकर्षक उपहार योजनाका साथै आफ्नो सबै सामानहरुमा आकर्षक छुट पनि रहेको छ ।

ब्लाक एण्ड डेकरले जीवनलाई अझ सजिलो र सुविधाजनक बनाउने लक्ष्य राख्दै आएको छ। यस उत्सवको अवसरमा, ब्लाक एण्ड डेकरले आफ्ना ग्राहकहरूलाई थप खुसी र आनन्ददायक बनाउने उद्देश्यले यो योजना सञ्चालन गरेको छ।

ग्राहकहरुले यो योजनाको लाभ भाद्र २३ गतेदेखि सीमित अवधिका लागि नेपाल अधिराज्य भरि उठाउन सकिने कम्पनीले जनाएको छ । अन्तरराष्ट्रिय ब्रान्ड ब्लाक एण्ड डेकरका उत्पादनहरु टिकाउ र भरपर्दो रहेको र यी उत्पादनहरुको प्रयोगले उपभोक्ताहरुको जनजीवन सहज भईरहेको र ब्लाक एण्ड डेकरले प्रविधिको क्षेत्रमा नवीनता र आयम थप्दै आफ्नो सुरुवाती दिनहरू देखि नै नेपाली बजारमा सर्वाधिक लोकप्रियता बटुल्दै आइरहेको कम्पनीले दाबी गरेको छ।

ब्लाक एण्ड डेकर ब्राण्डका आधिकारिक बिक्रेता चौधरी ग्रुप रहेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend