logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

फिल्म “दुखी आत्मा” को छायांकन सुरू


  • जन आकाश
  • बिहिबार, भाद्र २७ २०८१

काठमाडौं । फिल्म “दुखी आत्मा” को छायांकन सुरू भएको छ।



सोमबारदेखि काठमाडौंका विभिन्न स्थानमा छायांकन भइरहेको फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका छन्। यो फिल्ममा दयाहाङ राई र आँचल शर्माले शीर्ष भूमिकामा अभिनय गर्दैछन्।

उनीहरूको यो “डिग्री माइला” पछिको सहकार्य हो। साथमा अनुपविक्रम शाही, बुद्धि तामाङ, पुस्कर गुरुङ, कविता आले, शिशिर वाङ्देल, आशान्त शर्मा, लोकेन्द्र लेखक, अंकित खड्का, लुनिभा तुलाधर, आरती आचार्य, निमा पाण्डे, इंगीहोपो कोइच सुनुवार, यासेली योङहाङ लगायतले पनि फिल्ममा अभिनय गर्दैछन्।

दीपेन्द्रकै लेखन रहेको फिल्मको निर्माता हिमाल कडरिया हुन्। फिल्मको पूरा भाग फिल्म काठमाडौं उपत्यका सेरोफेरोमा खिचिने निर्देशक लामाले बताए। निर्माता कडरियाले आफूहरूले फिल्म भरपूर मनोरञ्जक बनाउन कुनै कसर बाँकी नराख्ने बताएका छन्।

निर्देशक लामा र निर्माता कडरियाले यसअघि निर्माण गरेको “नांगो गाउँ” हिट भएको थियो। क्लक वर्क क्रियसनको ब्यानरमा रहेको “दुखी आत्मा” सोसियल कमेडी फिल्म हो। फिल्मलाई अशोक शुक्लाले खिचिरहेका छन्।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend