जन आकाश
काठमाडौं । भाद्र २९ गतेको राष्ट्रिय बाल दिवसलाई लक्षित गर्दै ललितपुरका पूर्व प्राथमिक विद्यालयहरूका संगठन अपेन ललितपुर महानगरले बृहत कार्यक्रमको आयोजना गरिरहेको छ।
यसै क्रममा कलिला बालबालिकाहरूको प्रतिभा निखार्न, नेतृत्व कला विकास गर्न, तथा आत्मविश्वास बढाउने लक्ष्यका साथ किड्स गट ट्यालन्ट २०८१ को आयोजना संगठन लेगरेको छ । ललितपुर महानगर अपेन कि अध्यक्ष तथा किड्जी सानेपाकी प्रधानाध्यापक मुना श्रेष्ठ को समन्वयमा संचालन गरिएको उक्त ट्यालेन्ट सो मा ९ वटा विद्यालयवाट १७५ जनाले सहभागिता जनाएका थिए।
ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्य बज्राचार्य तथा ललितपुर महानगरका शिक्षा शाखाका अधिकारीको आतिथ्यमा भव्यताका साथ अभिभावकहरूको समेत उपस्थितिमा उक्त ट्यालेन्ट सो सम्पन्न भएको थियो। भाद्र १५ गते सम्पन्न गरिएको किड्स गट ट्यालन्ट २०८१ को ब्याज तथा प्रमाणपत्र वितरण गर्दै भाद्र २८ गते शुक्रबार कार्यक्रम को समापन गरिँदैछ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend