logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

“होस्टेल ३” को छायांकन सूरु


  • जन आकाश
  • आइतबार, भाद्र ३० २०८१

काठमाडौं । आइतबार बिहान ललितपुरको कार्यविनायक मन्दिरमा शुभमुहूर्त गर्दै फिल्म “होस्टेल ३” को छायांकन सुरु गरिएको छ।



फिल्मका प्रमुख कलाकार पारस बम र सिम्रन पन्तले छोटो अभिनय गर्दै मुहूर्त सट दिएका थिए। त्योसँगै फिल्मको छायांकन भक्तपुरको बोडेबाट सुरू भएको छ। पहिलो चरणमा २५ दिन छायांकन हुने र तिहारपछि अर्को चरणको छायांकन सुरू गरिने फिल्मका निर्देशक सशान कँडेलले बताएका छन् ।

“होस्टेल ३” मा कुल ब्वायु अर्थात् पारस बम, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँ लगायत कलाकारहरूको अभिनय रहनेछ।

अभिनेता आर्यन सिग्देलले फिल्ममा होस्टेलको वार्डेनको भूमिका निभाउनेछन् भने अभिनेत्री परीक्षा लिम्बुले विशेष भूमिका निभाउनेछिन्। आयोजित मुहूर्तमा आर्यन सिग्देल र परीक्षा लिम्बु बाहेक फिल्मका अन्य सबै कलाकारहरूको उपस्थिति रहेको थियो।

“होस्टेल ३” को स्क्रिप्ट माधव शर्माले लेखेका हुन् भने कथा निर्देशक सशान कँडेलकै हो। फिल्मलाई सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गर्दैछ। फिल्ममा कर्ण कार्की र गोविन्द अधिकारी निर्माता, शंकर कोइराला कार्यकारी निर्माता छन्। सह–निर्माताहरूमा सुधा मरहट्ठा, सुरेश कँडेल, र अर्जुन सापकोटा रहेका छन् भने लाइन प्रोड्युसर भेषराज गौतम हुन्। फिल्ममा अर्जुन तिवारीको डिओपी रहनेछ।

“होस्टेल ३” लाई आगामी फागुन १६ गते विश्वभर एकसाथ रिलिज गरिने निर्माण पक्षले जनाएको छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend