logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

“ज्वाइँ साब” फिल्ममा जितु नेपाल र नीति शाहको जोडी देखिने


  • जन आकाश
  • शुक्रबार, असोज ४ २०८१

काठमाडौँ । ‘ज्वाइँ साब’ आगामी २४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । फिल्ममा जितु नेपाल र नीति शाहको जोडी देख्न सकिन्छ । यो जोडी पहिलो पटक पर्दामा देखिन लागेका हुन् ।



सन्जोग पनि कस्तो, दुवै कलाकारको मुख्य भूमिकामा यो दोस्रो फिल्म हो । जितु यस अगाडि मुख्य भूमिकामा ‘ह्यारीकी प्यारी’मा देखिएका थिए । नीतिको ‘खजुरे ब्रो’ आएको छ । दुवैको पहिलो फिल्मले ब्यवसायीक सफलता हात पार्न सकेन । त्यसैले यो फिल्म प्रति दुवैको अपेक्षा ठुलै छ ।

फिल्मको केही दिन अगाडि सार्वजनिक ‘कसम बत्तीको’ गीतले भ्युज पाइरहेको छ । यसैबिच जितुले गीत दर्शकले मन पराएको बताउँदै अब फिल्म कति सफल हुन्छ भन्ने कौतुहलता बढेको बताए ।

वसन्त निरौला निर्देशित फिल्ममा जितु र नीतिको अलवा फिल्ममा बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, दीपक आचार्य, राजकुमार पण्डित, कमलमणि नेपाल, प्रकाश घिमिरे, दीपक अधिकारी, राजेन्द्र नेपाली, सीपी पौडेल लगायतका कलाकारको अभिनय छ ।

विजय बस्याल कार्यकारी निर्माता रहेको यो फिल्ममा मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । रेड आई फिल्मस्को प्रस्तुति र मौसम फिल्मसको सहकार्यमा यो फिल्म निर्माण भएको हो । फिल्मको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरनेमेन्ट, एफडी कम्पनीले गर्नेछन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend