जन आकाश
मोहन कार्की ।
काठमाडौ । आज काठमाडौको पद्यम कन्या क्याम्पस हातभित्र डेनिस हलमा भएको पगतिशील लेखक संघको ७३ औं वार्षिकोत्सवमा प्रमुख अतिथिको रुपमा आएका पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले नेपाल प्राकृतिक, सास्कृतिक अन्य धेरै कुरामा धनी छ भनेका हुन् । खनालले, ‘मैले अध्ययन गरेका ९३ देशको तुलनामा नेपाल स्रोत साधनले धनी छ’ तर देशको नेतृत्व गर्नेहरुको सोच दरिद्र छ’ भन्दै यस्तो धराणा राखेका हुन् ।
उनले अर्को एक प्रशंङगमा नेपालका बामपन्थी पार्टीहरु बीच एकता सम्भव छ अहिले पनि केही बिग्रेको छैन । विगतमा मदन भण्डारीले उठाएको जवज वोकेर हिडेका साथीहरुलाई सुझाव दिदै भने, त्यतिवेला परिस्थिति अनुसार जवज बोकेर हिड्नु ठिक थियो । तर अहिले त्यो जवजले निर्देशन गरेको वाटो २०६२/६३ को आन्दोलन र परिवर्तनले क्रान्ति नै पुरा भईसकेको हुनाले अव समाजवादी क्रान्तिको कार्यक्रम अगाडी राखेर कार्यक्रमको आधारमा अगाडी बढ्नुपर्ने बताएका छन् ।
सोही कार्यक्रमको अवसर पारेर बाम चिन्तकको रुपमा पुर्व प्रधानमन्त्री खनाललाई सम्मान पत्रले सम्मानित गरेको थियो ।
सोहि अवसर पारेर चार जनलाई पुरुस्कार तथा सम्मान पत्रले सम्मानित गरिएको छ । सम्मानित हुनेहरुमा नानीमैया अधिकारी प्रलेस बाल साहित्य पुरुस्कार तथा सम्मान, पुन्य खरेललाई प्रलेस श्याम शर्मा स्मृति सम्मान तथा पुरुस्कार, समष्टि बुढालाई युवा प्रतिभा सम्मान तथा पुरुस्कारले सम्मानित गरिएको छ ।
उक्त कार्यक्रममा अतिथिको रुपमा आएका नेपाल प्रज्ञाप्रतिष्ठनका कुलपति भुपाल राईले सम्बोधनको क्रममा नेपाल प्रज्ञाप्रतिष्ठान सवैको साझा प्रतिष्ठान हो । यस संस्थामा सवैको लेखन अटाउनुपर्छ । भन्दै अर्को विषयमा पहिचानको पक्षमा नहुने साहित्य प्रगतीशिल हुन्छकि हुदैन भन्दै प्रतिप्रश्न पनि गरेका थिए । प्रगतिशील हो कि प्रगतिवाद हो । यस्ता विषयमा गहन छलफल हुनुपर्ने धारणा राखेका छन् ।
त्यसैगरी अतिथिको रुपमा नै आएका प्रलेसका सस्थापक तथा एमालेका नेता रघुजी पन्तले कालखण्ड अनुसार मानवीय सोच, चेतना भूगोलको अवस्था सवै क्षेत्र अनुसार फरक पर्ने र अहिले कुनैपनि जातिको ओर्जिनालिटि नरहेको र सवैभन्दा जेनेटिकको आधारमा एक अध्ययनले बाहुन जातिहरु धेरै प्रतिशत खलबलिएको देखिन्छ यसरी जातिय आधारमा हेर्ने हो भने बहुन जाति नै अल्पमतमा पर्न थालेको हुनाले वर्गीय रुपलाई प्रथामिकतामा राखेर जानुपर्ने धारणा राख्दै प्रलेस खुल्ला हुनुपर्ने प्रलेस विगत देखिनै साझा मोर्चाको रुपमा रहेको र अफ्नो कार्यकालमा पनि यस्तै कार्य गर्दै आएको हुनाले आउदा दिनमा अझै धेरै प्रजातान्त्रिक धारणा राख्ने लेखकहरुलाई समेत समेटेर लान आग्रह गरेका छन् । उनले राजनीति, सास्कृतिक संसारमा काही पनि स्थीर रहदैन । तर नेपालमा लामो समय पार्टीका व्यक्तिहरुले सत्तामा बसिरहदा अहिलेका युवापुस्ताले सक्षमताको आधारमा, योग्यताको आधारमा नयाँ तरिकावाट नयाँ पार्टी खोलेर नयाँ ढंगवाट देश र जनताको काम गर्न आट गर्नुपर्छ अर्को एउटा यस्तो महत्वपूर्ण शिक्षा क्षेत्रमा आफ्नो नेपाली भाषा बोल्दा दण्डित हुने देशमा कसरी भाषा र सस्कृतिको सरक्षण हुन्छ भन्दै सम्बोधनको क्रममा अभिव्यक्ति दिएका हुन् । कार्यक्रममा पुर्व अध्यक्षहरु जिवेन्द्रदेव गिरी, डा.अमर गिरी, मातृका पोखे्रलले पनि आफ्नो धारणा राखेका थिए ।
सम्मानित हुनेहरुवाट पुन्य खरेलले आफ्नो भनाई राखेका थिए । भने रक्तिम सांस्कृतिक परिवारका धनराज आश्रितले अवसरवादको नत जात हुन्छ । नत रुप हुन्छ बोलको गीत गायर सुनाएका थिए ।
सम्मान पत्र र पुरुस्कारको वारेमा प्रलेसका उपाध्यक्ष समिर सिहले सम्मानित हुने व्यात्तित्वहरुको वारेमा व्यात्तित्व विवरण प्रस्ट्याएका थिए।
स्वागत मन्तव्य प्रलेसकै केन्द्रीय सदस्य बिजुला कार्कीले गरेकी थिइन ।
कार्यक्रमको संचालन प्रलेसका महासचिव देवीप्रसाद दुलालले प्रगतिशील लेखक सघको मर्म भावना अवस्था र आउदा दिनमा गरीने कार्यक्रमको वारेमा प्रस्ट्यादै उत्कृष्ट ढङ्गबाट गरेका थिए।
कार्यक्रमको सभापति तथा प्रगतिशील लेखक सघका अध्यक्ष समेत रहेका मधुसूदन गिरीले कार्यक्रम समापन गर्नु अगावै कतिपय विशयहरु हाम्रो सिमाभन्दा बाहिर छन हामिले चाहेर पनि सावधान गर्न सक्दैनौं । ति भनेका सविधान बनाउने कुरा व्यवस्था फेर्ने कुरा राजनीतिक क्षेत्रमा लागेर महत्वोपुर्ण पदमा पुगेका ब्यात्तित्वहरुले मात्रै अर्न सक्छन् । हामिले साहित्यको क्षेत्रवाट समाजलाइ जोडने प्रगतिपथमा हिडन प्रेरित गर्ने हो ।
धेरैजति साहित्यकार श्रष्टाहरु पुर्वतिरको देख्छु । म मात्रै पश्चिम्को जस्तो लाग्यो। त्यसैको लागि गणतन्त्र जो पिछडिएको कर्णाली, लगायत क्षेत्रहरुलाइ समेटन आरक्षणको व्यवस्था गरीएको तर आरक्षण दुरुपयोग भएको छ। यस्ता विशयमा हामि लेखकहरुले खवदारी गर्नुपर्छ ।
यो ७३ औ वार्षिकोत्सवमा हाम्रो निमन्त्रणालाइ स्वीकार गरी पाल्नुभएका सवै व्यत्तित्वहरुलाइ हार्दिक धन्यवाद भन्दै कार्यक्रम समापन गरेका थिए।
कार्यक्रम शान्त सिष्ट प्रगतिशील स्वभावको नै भएको छ। कार्यक्रम अवधिभर कोहि पनि कार्यक्रम छोडेर हिडेका देखिएनन।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend