logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

गजल


  • जन आकाश
  • शुक्रबार, असोज ११ २०८१

रामचन्द्र खड्का ।
बाटो नभएको ठाउमा पुल कस्ले बनायो यार
मछेट नभएको ठाउमा झुल कसले बनायो यार



हैरान छ दुनिया फुल पहिला कि कुखुरा भनेर
कुखुरा भन्दा पहिला फेरी फुल कस्ले बनायो यार

बिकासको लहर आकोरैछ देशमा हैरान छन् यात्री
कालोपत्रेमा प्वालहरुको हुल कस्ले बनायो यार

करोडौ बजेट खर्चेर धाराहरु धराप बनाएपनि
फेरी पानि नभएको ठाउमा मुल कस्ले बनायो यार

उद्य भो भन्छन् उज्यालोको सपुत कुलमानको फेरी
निदाएकै बेला हुने बिधुतभुल कसले बनायो यार

बारबार सुतिरहे सिरानी नहाली लगानि कर्ताहरु
ओरालो झरिरहने सेयरमा फेरी बुल कसले बनायो यार ।।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend