logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

निर्मलराज पौडेलको बडा दशैँ बडा दशैँ, हर्षको आगमन गीत सार्वजनिक


  • जन आकाश
  • शनिबार, असोज १२ २०८१

काठमाडौ । महान् चाड दशैँ सबैको घरदैलोमाआइसकेको छ । गाउँघर र सहर बजारतिर दशैँ गीत पनि घन्कन थालिसकेका छन् ।



यसै क्रममा गायक तथा गीतकार निर्मलराज पौडेलको बडा दशैं बडादशैं, हर्षको आगमन’नामक दशैँ गीत सार्बजनिक भएको छ । गीतमा पौडेल सहित संगीतकार मोहितमुनाल, गायिका समानता थापा, मनिष पौडेलको रहेको छ ।

बेलकम एमी प्रोडक्सनले तयार पारेको म्यूजिक भिडियोलाई मनिष पौडेलले निर्देशन गरेका हुन् भने कोरियोग्राफी दिपिका थापाको रहेको छ । गीतमा हाँस्य कलाकार गोपाल ढकाल(छन्दे)को पनिअभिनय रहेको छ ।

गीतकार तथा गायक पौडेलले भन्नुभयो बिगतदश, पन्ध्र वर्ष अगाडि सम्मपनि बडा दशैँको रौनक, खुसियालीको माहौल देखिने गर्दथ्यो। तर आजभोली सबै हराउँदै गएको महसुस हुनथालेको छ।

त्यसै कारण हाम्रा पालाका गीत, संगीत तथा प्रस्तुतिहरुलाई हाम्रा सन्ततिहरुले पनि थाहा पाउन्,महसुस गरुन् भन्ने उद्देश्यले गीत तयार पारेका छौ। गीतमा नेपालीहरुले दशैं मनाउने शैली, परम्परा लगायतका रमाइलोसँगसँगै आर्थिक, सामाजिक र पारिवारिक विषयलाई समेटिएको छ । पौडेलको तीज गीत पनि सार्बजनिक भएको थियो ।आगामी दिनहरुमा अझै सान्दर्भिक, रमाईला गीतहरु पस्कदै जाने कुरा पौडेलले बताउएका छन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend