logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त


  • जन आकाश
  • शनिबार, असोज १९ २०८१

काठमाडौ । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड र कुमारी क्यापिटल लिमिटेडबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको छ ।



आज एक कार्यक्रमका बीच मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद शर्मा र कुमारी क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको हो ।

सम्झौता सँगै अब धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरधनिहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरु कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, नक्साल, काठमाण्डौं मार्फत मिती २०८१ कातिक १ गते देखि उपलब्ध गराउने क्यापिटलले जनाएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend