logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

पानी मुनिको देश


  • जन आकाश
  • शनिबार, असोज १९ २०८१

नविन न्यौपाने । 



असुर छन् यहाँ देव भेषमा सुर छन् कुन भेषमा
महिषासुर छन् जहाँ ब्राह्मण राजछ जुन देशमा
छन् घर घरमा ती मन मनमा भ्रष्टाचारीका चित्र
मानेछन् सयौ लुट असुरभन्दा एक राजा पवित्र

कोछ भोको यहा खान्छन् ऋणमै छ देश डूवि
जनता बेचिन्छन् शासकबाट ढुकुटीले नपुगी
रातै फेरिए सीमा पिल्लरहरु खोसेर पो लैदियो
बिहान हुन नपाउँदै बारी यो छेमिकिको भइदियो

रेट्दछन् देशको घाँटी विकासको मुल सुकी
सागर सरी छ भ्रष्टाचार छ पानि मुनि देश डुबि
सक्दैन् जल्न कालो धन त्यो नियमका भट्टिले
छेक्दछ कानूनको आँखामा लगाई अन्धो पट्टिले

शासकछन् महलमा भोटेदिने छन् कुटीमा
चिन्ता छैन् मुलुकको सबै आखाछन् ढुकुटीमा
सबै बने देशमा भक्षक यहाँ छैन कोही रक्षक
फेर्दछन् स्वास जीवित मुर्दासरी छन् शासक ।।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend