जन आकाश
काठमाडौं । नेपाल बैंक लिमिटेडले बाढी, पहिरो र डुबानका कारण प्रभावित जनताको राहतमा खर्च गर्न प्रधानमन्त्री उद्धार कोषमा दुई करोड रुपैयाँ उपलब्ध गराएको छ ।
नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष डा.चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुई करोडको चेक हस्तान्तरण गरेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडलाई धन्यवाद दिए । साथै उनले लगानीकर्ता र उद्योगधन्दालाई प्रोत्साहन हुने गरी कर्जा प्रवाह गर्न र खराब कर्जाप्रति कडाइका साथ काम गर्न आग्रह पनि गरे ।
यसअघि शुक्रबार विभिन्न वित्तीय संस्थाले ३ करोड ४८ लाखको चेक हस्तान्तरण गरेका थिए । मन्त्रिपरिषद्को गत सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिकरुपमा एक अर्ब रकम जम्मा गर्ने निर्णय गरेको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend